नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2584 · वि.सं. २०४३

नि.नं. 2584 — उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) निवेदक उपर लगाइएका आरोपहरू अन्य सबूदबाट समर्थित भएको पाइँदैन, यसबाट निर्णयमा उल्लिखित कारणहरूलाई उचित र पर्याप्त कारण भन्न सकिने अवस्था नदेखिने । (प्रकरण नं. १३) (२) स्पष्ट तथ्यमा आधारित नभई दिइएको कारणहरूलाई न्यायोचित कारण भन्न सकिने देखिँदैन । (प्रकरण नं. १४) (३) प्रमाणित अभियोगमा मात्र नोकरीबाट बर्खास्त गर्न सकिन्छ भने नोकरीबाट हटाउँदा अभियोग प्रमाणित भएको हुनुपर्छ भन्ने केही छैन । (प्रकरण नं. १५) (४) नियम १०.१(६) बमोजिम नोकरीबाट बर्खास्त गरिएको स्थिति र नियम १०.१(५) बमोजिम नोकरीबाट हटाएको स्थितिमा कर्मचारीले पाउने सुविधाहरू फरक फरक छन्, निवेदकलाई दिइएको पत्रमा दुई ठाउँमा बर्खास्त शब्द परेको छ, यसबाट निर्णयकर्ताले कानुनको अध्ययन बिना नै हतार हतारमा निर्णय गरी पत्र थमाउने कार्य गरेको छ भन्ने पनि देखिने । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2584
मुद्दाको विषयउत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2043/01/26
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंहको राय । | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय भई २०४२।५।१३ मा निर्णय भएको  रहेछ । | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय मनासिब ठहर्छ । रिट निवेदकलाई पुनः निजको साविक पदमा बहाल गरी दिनु भनी विपक्षीहरूका नाममा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । यो आदेशको एकप्रति प्रतिलिपि विपक्षीकहाँ पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई मिसिल नियम बमोजिम गरी बुझाइदिनू ।
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2584
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्