सामान्यतया: अपुताली हक मृतकको पालनपोषण, स्याहार-सुसार, हेरचाह गरेको तथा मृतकसँग नाता सम्बन्धमा निकटता रहेको भन्ने आधारमा कायम हुने वा निर्धारण गरिने विषय हो । (प्रकरण नं. ४) बैंकमा खोलिएको खातामा इच्छाइएको, रकम झिकेको जस्ता कुरालाई हेरेर पालनपोषण गरेको भनी निष…
वैदेशिक रोजगारमा संलग्न रहेका नागरिकहरूले विदेशी भूमिमा समेत न्यायिक प्रक्रियामा निजहरूको कानूनी प्रतिनिधित्वलगायत नि:शुल्क कानूनी सहायता एवम् सजाय भएको खण्डमा समेत उनीहरूको मानव अधिकारलाई राज्यले उचित संरक्षण दिनुपर्ने । (प्रकरण नं. ६) आफ्नो मुलुकमा मृत्युदण्…
दोहोरो खतराको सिद्धान्त कुनै पक्षलाई एउटै कसुरमा एक पटकभन्दा बढी मुद्दा नचलाइने र सजाय नदिइने प्रतिबद्धता हो । यस सिद्धान्तले कुनै पनि व्यक्तिलाई कुनै खास फौजदारी कसुरमा एकपटक पहिला नै मुद्दा चलाई सफाइ दिइएको वा दोषी ठहराई सजाय दिइएको होस्, पुनः सोही विषयमा अन…
मानव बेचबिखन मुद्दामा कसैलाई मुख्य अभियुक्त वा पूर्ण अपराधको रूपमा कसुरदार कायम गर्न बेचबिखनको उद्देश्यले पीडितलाई नेपालभित्र एक ठाउँबाट अर्को ठाउँमा लैजाने वा सोही उद्देश्यले विदेशमा लाने, किन्ने, बेच्ने वा वेश्यावृत्तिमा लगाउनेसम्मको कार्यमा संलग्न रहेको वा…
दुवै पक्षले दाबीको जग्गा आफूले देखाएको स्रोतबाट कायम हुन आउने भनी साबिक स्रोत पोता लगत आदि देखाउन सकेको अवस्थामा मात्र दोहोरो प्रमाणको विद्यमानता भई तेरो मेरोको स्थिति उत्पन्न हुने र हक कायममा सुनाउनुपर्ने स्थिति रहने । बेनिस्सा दर्ता कारबाहीमा प्रकाशित सूचना…
कानूनमा उल्लिखित अवस्थाका साथै मध्यस्थको निर्णय पक्षपातपूर्ण भएमा, प्रचलित कानून तथा मान्यताविपरीत हुने गरी भएमा, कानूनको प्रत्यक्ष त्रुटि देखिएमा, निर्णय अस्पष्ट तथा अर्थहीन भई त्रुटिपूर्ण भएमा, पक्षहरूबिच भएको सम्झौतामा उल्लिखित कुनै सर्तको विपरीत भएमा तथा न…
सामाजिक कार्य गर्ने संस्थाको गतिविधि प्रभावकारी तथा पारदर्शी हुनुपर्ने । समाज सेवाका नाउँमा सीमित व्यक्ति र समूहले स्रोतमाथि कब्जा गर्ने र लक्षित समुदाय र संस्थाको उद्देश्यप्रति कुनै जवाफदेही नहुने हो भने संस्थाले जनविश्वास गुमाउँदै जाने । यस्तो प्रवृत्तिलाई र…
प्रतिवादीले अदालतमा बयान गर्दा कसुरमा इन्कार रहेको र जाहेरवालाले अदालतमा बकपत्र गर्दा प्रतिकूल बकपत्र गरेको भन्ने मात्र आधारमा कुनै प्रतिवादीले कसुरबाट सफाइ पाउँछ भन्न नमिल्ने । कुनै मुद्दामा के के प्रमाण छन् भन्ने हेर्नुपर्दा प्रतिवादीको बयान र जाहेरवालाको बक…
गाउँपालिकाको शिक्षा नियमावलीमा स्पष्ट रूपमा कर्मचारी छनौट गर्दा अपनाउनुपर्ने कार्यविधि र छनौट समितिको व्यवस्था भएकोमा सोही व्यवस्थाअनुरूप कर्मचारी नियुक्ति गरिनुपर्ने अन्यथा त्यस्तो नियुक्तिले वैधता पाउन नसक्ने । कानूनले निर्दिष्ट गरेको व्यवस्थालाई पालना नगरी…
सहकारी संस्थाले सदस्यहरूबिच विश्वास र आवश्यकताका आधारमा प्रदान गरिएको ऋणबाहेक अन्य ठुला प्रकृतिका ऋणहरूमा सामान्यतया धितोले खाम्ने गरी मात्र ऋण प्रवाह गर्नुपर्ने र राखिएको धितोबाट लिलामी गरी सोहीबाट ऋण असुली गर्नुपर्ने । धितोले नखामेमा जुन व्यवसाय गरिएको हो…
एउटा कार्यालयमा कार्यरत रहँदारहँदैको अवस्थामा कुनै पनि कर्मचारीले अर्को कार्यालयमा नियुक्ति लिएको र कार्यरत कार्यालयले अर्को कार्यालयमा हाजिर हुन जानु भनी रमाना पत्र दिई सो रमाना पत्रमार्फत हाजिर भएको अवस्थामा त्यस्तो कर्मचारी नोकरीमा अविच्छिन्न रूपमा सेवारत र…
अंशबन्डा हुनु र मानो छुट्टिई अलग अलग व्यवहार गरी बस्नु फरक विषय हो । मानो छुट्टिई अलग अलग व्यवहार गरी बस्दै आए पनि अंशबन्डा नभएको अवस्थामा त्यस्ता अंशियार सगोलकै मान्नुपर्ने । सगोलमा रहेको भन्नु र एकासगोल भन्नु पनि फरक फरक अवस्था हो । "सगोल" शब्दले अंशियारह…
वादीले अंशबापत जग्गा प्राप्त गर्दाको अवस्थामा सो जग्गामा रहेको सम्पत्तिको रूपमा रहेका रूखहरूसमेत यथावत् रहनु पर्नेमा यथावत् नरहेको अवस्थामा आफूले अंश हकबाट पाएको जग्गामा भएका रूखहरू प्राप्त गर्ने हकबाट वञ्चित हुन पुगेको देखिने । जग्गा प्राप्त गर्दाका अवस्थाम…
प्रचलित कानूनले वादीलाई दुई वा सोभन्दा बढी उपचारका मार्ग (विकल्प) प्रशस्त गरेको अवस्था छ भने कुन मार्गबाट उपचारको खोजी गर्ने भन्ने वादीको छनोटको विषय हुने । अमुक कानूनी व्यवस्थाबमोजिम नै उपचार खोजी गर्नुपर्छ वा अमुक कानूनी व्यवस्थाबमोजिम दाबी गर्न मिल्दैन भनी…
एकै निकायमा उही कार्य गर्दा निजले प्राप्त गर्ने अनुभवमा भने फरक निकायबाट हुने नियुक्तिले फरक पर्ने अवस्था नदेखिने । विभिन्न कारणले एक वर्षभन्दा कम सेवा अवधि भएको अवस्थामा पनि पटकपटकको एकै प्रकृतिको सेवालाई गणना गरी एउटै निकायबाट एकमुष्ट सेवा अवधि प्रमाणित गरी…
अदालतको फैसला र फैसला कार्यान्वयनबिच सकारात्मक सामञ्जस्यता हुन आवश्यक हुने । अदालतले घर जग्गा नै बन्डा हुने फैसला गरेपछि निर्विवादित रूपमा फैसला कार्यान्वयनको कार्यविधि पूरा गरी पक्षको सहमति भएमा मात्र केही नरमकरम मिलाउन सकिन्छ तर पक्षको अनुपस्थितिमा जबरजस्ती…
संविधानमा जे-जस्तो शब्दहरू प्रयोग भएका छन् र जुनरूपमा एवम् पृष्ठभूमिमा प्रयोग भएका छन् ती शब्दहरूको गहिराइमा पुगी भविष्यमुखी व्याख्या नगरी आफू अनुकूल अर्को शब्दावली प्रयोग गर्ने अधिकार कार्यकारिणीलाई जुनसुकै नाम, अन्तर्य वा आवरणमा नहुने । कानून व्याख्याको न…
वादी प्रतिवादीबिच अन्य लेनदेन कारोबार भएका कारण चेक दिएको नै भए तापनि लेनदेन कारोबारतर्फ प्राप्त उपचार र चेक अनादरमा प्राप्त हुने उपचार दुई पृथक् वैधानिक अवस्था हुन् । चेकको प्रकृति नगदसरह तत्काल भुक्तानी हुनुपर्ने हुँदा बैंकिङ प्रणाली सञ्चालनका लागि बैंकमा पे…
नेपालको संविधानको धारा ३४(२) ले नै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने छ भनी श्रमसम्बन्धी हक प्रत्याभूत गरेको अवस्थामा स्वीकृत अवकाश कोषमा जम्मा भएको योगदानमा आधारित अवकाश कोष साबिकदेखि कट्टा हुँदै आएको रकममा १५ प्रतिशतले करकट्टी हुन्छ भन्नु सा…
समावेशीको अर्थ प्रतिस्पर्धासँग सम्झौता होइन । कानूनबमोजिम नै फरक रहेका समावेशी र खुलाका बिचमा फरक परीक्षाबाट प्रतिस्पर्धा गराई फरक मितिमा सिफारिस गरी योग्यताक्रम निर्धारण तथा ज्येष्ठता कायम गर्नुलाई कर्मचारीको क्षमता, योग्यतासँग सम्झौता गरिएको अर्थमा बुझ्न नमि…
नेपालको संविधानको धारा २४३ को उपधारा (४) मा भएको "परामर्श" शब्दको स्वाभाविक र सान्दर्भिक अर्थपूर्ण, उद्देश्यमूलक र प्रभावकारी परामर्श भन्ने देखिने । कानून व्याख्याका सामान्य सिद्धान्तहरूसमेतले कुनै कानूनको व्याख्या गर्दा उक्त धारा २४३(४) वा धारा २४३(३) वा धारा…
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ ले गरेको व्यवस्था राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्राधिकारसँग बाझिने गरी बनाइएको भन्ने दृष्टिकोणबाट हेरिनु नहुने । यी प्रावधानहरू एक अर्काका परिपूरक हुन् र एक सक्रिय नभएमा अर्को सक्रिय…
विशिष्टीकृत कानूनको रूपमा रहेको नेपाल ट्रष्ट ऐन, २०६४ को दफा ४(ग) ले गरेको कानूनी व्यवस्थाबमोजिम भएको निर्णयलाई भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ एवं नेपाल ट्रष्ट ऐनको दफा ३ विपरीत भएको मान्न नमिल्ने । (प्रकरण नं.५) मोहीको मृत्युपश्चात् निजको हकवाला एकभन्दा बढी…
शिक्षा नियमावलीमा सामुदायिक विद्यालयका शिक्षकको स्थायी, अस्थायी र करारमा हुने नियुक्ति, आचारसंहिता र सजायसम्बन्धी व्यवस्था रहेको र शिक्षा ऐन र नियमावलीमा भएका व्यवस्थाहरूले शिक्षक पेसामा गर्ने नियुक्ति र सजायबारेमा कानूनी व्यवस्था गरेको हुँदा सोको हकमा श्रम ऐन…