नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11323 · वि.सं. २०८१

नि.नं. 11323 — बेनिस्सा जग्गा दर्ता बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

दुवै पक्षले दाबीको जग्गा आफूले देखाएको स्रोतबाट कायम हुन आउने भनी साबिक स्रोत पोता लगत आदि देखाउन सकेको अवस्थामा मात्र दोहोरो प्रमाणको विद्यमानता भई तेरो मेरोको स्थिति उत्पन्‍न हुने र हक कायममा सुनाउनुपर्ने स्थिति रहने । बेनिस्सा दर्ता कारबाहीमा प्रकाशित सूचनामा कुनै विश्‍वसनीय स्रोत प्रमाण नदेखाई उजुरी गरेकोमा त्यस्तो उजुरीकै आधारमा मालपोत कार्यालयले यान्‍त्रिकरूपमा हक बेहकमा सुनाउनुपर्ने आवश्यकता नरहने । दुवै पक्षले विधिसम्मत तरिकाले प्रमाण पेस गरेको र त्यस्तो प्रमाणको मूल्याङ्कन गरी निर्णय गर्नुपर्ने अवस्था भएमा मात्र औचित्यको आधारमा हक बेहकमा सुनाउनुपर्ने । जहाँ प्रमाण मूल्याङ्कनको प्रश्‍न नै खडा भएको हुँदैन त्यस्तो स्थितिमा हक बेहकमा सुनाउनुपर्ने औचित्यसमेत नहुने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11323
मुद्दाको विषयबेनिस्सा जग्गा दर्ता बदर
निर्णय वर्ष / मिति2080/10/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश डा. श्री नहकुल सुवेदी | माननीय न्यायाधीश श्री  टेकप्रसाद ढुङ्गाना
मुद्दा नं.०७२-CI-२०९८ | ०६९–DP–१६९७ | ०७१-RI-१७५७
उद्धरण सन्दर्भने.का.प. २०८१, नि.नं. 11323
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्