नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11314 · वि.सं. २०८१
नि.नं. 11314 — जालसाज
सिद्धान्त / नजिर सार (Headnote Summary)
प्रचलित कानूनले वादीलाई दुई वा सोभन्दा बढी उपचारका मार्ग (विकल्प) प्रशस्त गरेको अवस्था छ भने कुन मार्गबाट उपचारको खोजी गर्ने भन्ने वादीको छनोटको विषय हुने । अमुक कानूनी व्यवस्थाबमोजिम नै उपचार खोजी गर्नुपर्छ वा अमुक कानूनी व्यवस्थाबमोजिम दाबी गर्न मिल्दैन भनी प्रतिवादी वा यस अदालतले समेत बाध्य गर्नु उचित नहुने । यस स्थितिमा मुद्दाको तथ्यको रोहबाट प्रतिवादीको कार्य जालसाजपूर्ण देखिएको अवस्थामा वादीले लेनदेन व्यवहारको महलअन्तर्गत लिखत बदरतर्फ दाबी नगरी जालसाजी मुद्दाको फिराद दायर गर्न नसक्ने भन्ने प्रतिउत्तर तथा पुनरावेदन जिकिर कानून र न्यायको रोहमा मिल्दो नदेखिने । (प्रकरण नं. ५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11314 |
|---|---|
| मुद्दाको विषय | जालसाज |
| निर्णय वर्ष / मिति | 2079/01/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री नहकुल सुवेदी |
| मुद्दा नं. | ०७२-CR-०२५५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८१, नि.नं. 11314 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
