नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11311 · वि.सं. २०८१
नि.नं. 11311 — उत्प्रेषणसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
संविधानमा जे-जस्तो शब्दहरू प्रयोग भएका छन् र जुनरूपमा एवम् पृष्ठभूमिमा प्रयोग भएका छन् ती शब्दहरूको गहिराइमा पुगी भविष्यमुखी व्याख्या नगरी आफू अनुकूल अर्को शब्दावली प्रयोग गर्ने अधिकार कार्यकारिणीलाई जुनसुकै नाम, अन्तर्य वा आवरणमा नहुने । कानून व्याख्याको नियमअनुसार कानूनको प्रयोग र व्याख्या गर्दा कानूनमा व्यवस्थित कुरालाई विधायिकी उद्देश्यलाई अभिवृद्धि गर्ने गरी सिधा र तर्कसङ्गत (rational) रूपमा व्याख्या गर्नु न्यायकर्ताको कर्तव्य हुने । संविधान विवाद समाधानको समेत दस्ताबेज भएकोले संविधानमा प्रयोग नै नभएको जनयुद्ध शब्द प्रयोग गरी दिइएको बिदालाई संविधान सभाभित्र सहमति रहेको मान्न नमिली संवैधानिक व्यवस्थाको प्रतिकूल मान्नुपर्ने । (प्रकरण नं.१४) द्वन्द्व पीडितको स्वच्छ न्यायको हकलाई संरक्षण, व्यवहारमा प्रत्याभूत र सुनिश्चितता गर्नु राज्यको दायित्व हुने । यो राज्य नीतिको स्वविवेकीय विषय नभई बाध्यकारी दायित्व हो । नागरिकहरूलाई यस हकबाट वञ्चित गर्न नमिल्ने । यसरी जनयुद्ध दिवस भनी सरकारबाट दिएको बिदाले पीडितको स्वच्छ न्यायको अधिकारसम्बन्धी व्यवस्थाको प्रतिकूल हुने । (प्रकरण नं.२८) द्वन्द्वबाट पीडितको न्यायको हकलाई तत्काल सम्बोधन गर्नुपर्नेमा विस्तृत शान्ति सम्झौता भएको १७ वर्षसम्म सम्बोधन नगर्ने तर पीडितहरूलाई थप पीडा पुग्ने गरी र मनोवैज्ञानिक रूपमा पीडितहरूलाई थप पीडा हुने गरी जनयुद्ध दिवसका नाममा सार्वजनिक बिदा दिने गरी गरिएको निर्णयलाई प्रत्यर्थीहरूले जिकिर लिएजस्तो कार्यपालिकाको बुद्धिमता तथा कार्यक्षेत्रको संज्ञा दिई वैधता प्रदान गर्न नमिल्ने । (प्रकरण नं.२९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11311 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणसमेत |
| निर्णय वर्ष / मिति | 2080/09/13 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री महेश शर्मा पौडेल |
| मुद्दा नं. | ०७९-WO-१०८२ | ०७९-WO-१०८३ | ०७९-WO-१०८४ | ०७९-WO-१०८९ | ०७९-WO-१०९० | ०७०-WO-००३२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८१, नि.नं. 11311 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
