नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11325 · वि.सं. २०८१

नि.नं. 11325 — जबरजस्ती करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

दोहोरो खतराको सिद्धान्त कुनै पक्षलाई एउटै कसुरमा एक पटकभन्दा बढी मुद्दा नचलाइने र सजाय नदिइने प्रतिबद्धता हो । यस सिद्धान्तले कुनै पनि व्यक्तिलाई कुनै खास फौजदारी कसुरमा एकपटक पहिला नै मुद्दा चलाई सफाइ दिइएको वा दोषी ठहराई सजाय दिइएको होस्, पुनः सोही विषयमा अनुसन्धान तहकिकात गरी मुद्दा चलाउनु न्यायको रोहमा उपयुक्त नहुने । एकपटक फौजदारी कारबाही अन्तिम भएपछि पुनः सोही विषयमा सोही व्यक्तिउपर मुद्दा चलाई सजाय गर्न राज्य विबन्धित हुने । यो व्यवस्था collateral estoppel को सिद्धान्तमा आधारित हुने । एउटै कसुरको अभियोगमा पटकपटक अनुसन्धान तहकिकात गरी मुद्दा चलाउँदै जाने हो भने राज्यको फौजदारी न्याय प्रणाली न्यायअनुकूल नभई अनिश्चयपूर्ण अवस्था उत्पन्न हुन सक्ने हुँदा नागरिकलाई सो अवस्थाबाट जोगाउन, एउटा अपराधमा एक पटकभन्दा बढी कारबाही वा सजायको अवस्था सिर्जना हुन नदिन र फौजदारी मुद्दाको अन्तिमता (finality of the case) लाई स्थिर बनाइराख्नेसमेत फौजदारी न्यायिक कार्यविधिमा दोहोरो खतराको सिद्धान्तलाई कठोरसाथ पालना गर्नुपर्नेमा द्विविधा नरहने । (प्रकरण नं.१२) प्रतिवादीको कोठाअगाडि सार्वजनिक स्थानमा पीडितले पिसाब गरेको जरियाबाट सिर्जित पीडितलाई हातपात गरेको सार्वजनिक अपराधको कसुर र पीडितको योनिमा चाबी घुसाई चलाएको जबरजस्ती करणीको कसुरको स्पष्टत: फरक प्रकृति, फरक मिति र फरक वारदातस्थल देखिन आएकोमा पीडित वा जाहेरवालाले मौकामा कागज लेखाउँदा वा बकपत्र गर्दा मिति वा दिन, बार आदिमा हुन गएका स्मृतिजन्य सामान्य मानवीय त्रुटि वा प्राविधिक छिद्रहरूका आधारमा एक अवोध नाबालिगउपर भएको जबरजस्ती करणीको जघन्य कसुरलाई सामान्य प्रकृतिको सार्वजनिक अपराधको कसुरमा नै समावेश भएको भनी अर्थ गर्न नमिल्ने । फरकफरक प्रकृतिको फरकफरक कसुरमा तत् तत् कानूनबमोजिम अनुसन्धान गरी अभियोजन गर्ने र कसुर ठहर भएमा समेत कानूनबमोजिम सजाय गर्नुपर्ने अवस्थामा दोहोरो खतराको सिद्धान्त आकर्षित नहुने । (प्रकरण नं.१४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11325
मुद्दाको विषयजबरजस्ती करणी
निर्णय वर्ष / मिति2080/01/17
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री नहकुल सुवेदी
मुद्दा नं.०७५-CR-१२३५
उद्धरण सन्दर्भने.का.प. २०८१, नि.नं. 11325
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्