नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11308 · वि.सं. २०८१

नि.नं. 11308 — उत्प्रेषणसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

समावेशीको अर्थ प्रतिस्पर्धासँग सम्झौता होइन । कानूनबमोजिम नै फरक रहेका समावेशी र खुलाका बिचमा फरक परीक्षाबाट प्रतिस्पर्धा गराई फरक मितिमा सिफारिस गरी योग्यताक्रम निर्धारण तथा ज्येष्ठता कायम गर्नुलाई कर्मचारीको क्षमता, योग्यतासँग सम्झौता गरिएको अर्थमा बुझ्न नमिल्ने । (प्रकरण नं.१८) एउटै तह र पदको लागि समावेशी एवं खुलातर्फ सिट संख्या बाँडफाँट गरी एउटै परीक्षा लिई सिफारिस गरिएका व्यक्तिहरू एकमुष्ठ योग्यताक्रमको आधारमा ज्येष्ठ हुने नीतिगत मापदण्डलाई अझ स्पष्ट बनाई सोको व्यवस्थापन प्रभावकारी बनाई निजामती सेवालाई उत्साहित, न्यायिक, मर्यादापूर्ण, भेदभावरहित बनाउनुपर्ने । प्रचलित कानूनले योग्यताक्रम निर्धारण तथा ज्येष्ठता कायम गर्ने विधि प्रक्रिया तोकिदिएकोमा सो कानूनी व्यवस्था अन्यथा नभएसम्म सोहीबमोजिम नै योग्यताक्रम निर्धारण तथा ज्येष्ठता कायम गरिनुपर्ने । (प्रकरण नं.१९) फरक-फरक प्रश्नपत्रबाट फरक-फरक मितिमा परीक्षा भएकोमा एउटै पाठ्यक्रम रहेको आधारमा एउटै परीक्षा मानी एकमुष्ठ योग्यताक्रम प्रकाशन गर्नु कानूनसम्मत नहुने । (प्रकरण नं. २०) एउटै पाठ्यक्रमको आधारमा परीक्षा लिएकोलाई एउटै परीक्षाको माध्यम भनी बुझ्न नमिल्ने । एउटै परीक्षाको माध्यम हुनु एकै पटक अर्थात् एउटै प्रश्नपत्रको माध्यमबाट परीक्षा दिई सिफारिस भएको हुनुपर्ने । एउटै प्रश्नपत्र र परीक्षा भएको अवस्थामा मात्र एकै मानकबाट मूल्याङ्कन गरी प्राप्ताङ्कको आधारमा एकमुष्ठ योग्यताक्रमको सूची प्रकाशन गर्न सकिने कानूनी व्यवस्था रहेकोमा फरक-फरक प्रश्नपत्र र परीक्षा भएको अवस्थामा समेत प्राप्ताङ्कको आधारमा एकमुष्ठ योग्यताक्रमको सूची तयार गर्नु तर्कसम्मत नहुने । (प्रकरण नं.२१)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11308
मुद्दाको विषयउत्प्रेषणसमेत
निर्णय वर्ष / मिति2080/08/07
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा | माननीय न्यायाधीश श्री नहकुल सुवेदी | माननीय न्यायाधीश श्री नहकुल सुवेदीले रिट निवेदन जारी हुने भनी व्यक्त गर्नुभएको रायसँग सहमत हुन नसकेकोले राय फरक परेको हुँदा प्रस्तुत विवादमा सुनुवाइको लागि सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२)(क) बमोजिम पूर्ण इजलाससमक्ष नियमानुसार पेस गर्नु भन्नेसमेत सम्माननीय कायममुकायम प्रधान न्यायाधीश श्री हरिकृष्ण कार्कीको राय । | माननीय न्यायाधीश श्री नहकुल सुवेदीको रायः एउटै प्रश्नपत्र र परीक्षाको मात्र एकै मानकबाट मूल्याङ्कन गरी प्राप्‍ताङ्कको आधारमा एकमुष्ठ योग्यताक्रमको सूची प्रकाशन गर्न सकिनेमा फरक प्रश्नपत्र र परीक्षालाई समेत प्राप्ताङ्कको आधारमा एकमुष्ठ सूची तयार गर्नु वैज्ञानिक, न्यायोचित र तर्कसम्मत नदेखिएको र यस अदालतले रोसन खनालसमेतको मुद्दामा एउटै प्रश्नपत्रमा एउटै परीक्षा दिएका परीक्षार्थीहरूलाई मात्र प्राप्‍ताङ्कको आधारमा एकमुष्ठ योग्यताक्रमको सूची प्रकाशन गर्न आदेश भएकोमा प्रस्तुत मुद्दामा फरक-फरक प्रश्नपत्रमा परीक्षा सञ्‍चालन भई तथ्यमा समानता नहुँदा उक्त मुद्दामा भएको व्याख्या प्रस्तुत मुद्दामा नजिरका रूपमा आकर्षित हुन सक्ने अवस्था देखिएन । साथै सुनित के.सी. को मुद्दामा समेत फरक प्रश्नपत्रमा परीक्षा भएकोमा रोशन खनालको नजिर लगाई एकमुष्ठ योग्यताक्रमको सूची प्रकाशन गर्नु भन्ने आदेश भएको देखिँदा तथ्य नै फरक भएको मुद्दामा गरिएको व्याख्यालाई नजिरको रूपमा ग्रहण गरी आदेश भएको हुँदा सुनित के.सी. को मुद्दाको व्याख्यालाई नजिरको रूपमा ग्रहण गर्न सकिएन । यस अतिरिक्त तत्काल प्रचलित कानूनबमोजिम ज्येष्ठताको योग्यताक्रम निर्धारित हुने स्पष्ट व्यवस्था भएकोमा नियुक्ति भएको बाह्र वर्षभन्दा लामो समयपछि असान्दर्भिक नजिर तथा कानूनी व्यवस्थासमेतको आधारमा रिट निवेदकहरूको एकमुष्ठ योग्यताक्रम सूची प्रकाशन गर्नेसम्बन्धी विपक्षी लोक सेवा आयोगबाट मिति २०७८।१०।११ मा भएको निर्णय र सोउपरको निवेदकहरूको निवेदनमा भएको मिति २०७८।११।१५ को निर्णय सैद्धान्तिक, विधिशास्त्रीय, कानूनी, संवैधानिक दर्शन र व्यावहारिक दृष्टिकोणले समेत त्रुटिपूर्ण देखिँदा लोक सेवा आयोगको मिति २०७८।१०।११ र मिति २०७८।११।१५ को निर्णय र सोबमोजिम भएका काम कारबाही एवं पत्राचारसमेत उत्प्रेषणको आदेशद्वारा बदर गरिदिएको छ । अब तत्काल प्रचलनमा रहेको लोक सेवा आयोग परीक्षा पद्धतिसम्बन्धी निर्देशिका, २०५९ को दफा ३० बमोजिम कायम गरिएको योग्यताक्रमको सूचीअनुसार ज्येष्ठता कायम हुने गरी पुन: योग्यताक्रमको सूची निर्धारण गर्नु गराउनु भनी विपक्षीहरूको नाउँमा परमादेशसमेत जारी हुने ठहर्छ । सम्माननीय कायममुकायम प्रधान न्यायाधीश श्री हरिकृष्ण कार्कीज्यूको रिट निवेदन खारेज गरेको रायसँग सहमत हुन नसकेकोले सर्वोच्‍च अदालत नियमावली, २०७४ को नियम २३(२)(क) बमोजिम पूर्ण इजलासमा पेस गर्नु भन्नेसमेत माननीय न्यायाधीश श्री नहकुल सुवेदीको राय । | माननीय न्यायाधीश श्री नहकुल सुवेदीको राय सदर हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो । | माननीय न्यायाधीश श्री नहकुल सुवेदीको राय भई मतैक्य हुन नसकेको स्थितिमा यस पूर्ण इजलाससमक्ष निर्णयार्थ पेस हुन आएको अवस्था देखिन्छ । उपर्युक्त तथ्य र बहस जिकिर रहेको प्रस्तुत रिट निवेदनमा अब निम्नलिखित प्रश्नहरूको न्याय निरूपण गर्नुपर्ने देखिन आयोः
मुद्दा नं.०७९-WF-०००९ | ०७३-WO-०८०६ | ०७९-WO-०२२४ | ०७९-WO-०४०६
उद्धरण सन्दर्भने.का.प. २०८१, नि.नं. 11308
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्