नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11316 · वि.सं. २०८१
नि.नं. 11316 — अंश दर्ता
सिद्धान्त / नजिर सार (Headnote Summary)
अंशबन्डा हुनु र मानो छुट्टिई अलग अलग व्यवहार गरी बस्नु फरक विषय हो । मानो छुट्टिई अलग अलग व्यवहार गरी बस्दै आए पनि अंशबन्डा नभएको अवस्थामा त्यस्ता अंशियार सगोलकै मान्नुपर्ने । सगोलमा रहेको भन्नु र एकासगोल भन्नु पनि फरक फरक अवस्था हो । "सगोल" शब्दले अंशियारहरूबिच बन्डा नभएको अवस्थालाई जनाउँछ, जुन अवस्थाले अंशियारहरू चुल्हो मानो छुट्टिई अलग रहेको अवस्थालाई समेत जनाउँछ भने "एकासगोल" भन्ने शब्दले अंशियारहरू चुल्हो मानो नछुट्टिई सँगसाथ रही भात भान्सा एउटै रहेको अवस्थालाई इङ्गित गर्दछ । भिन्न हुनु र अंश लिई भिन्न हुनु फरक अवस्था हो । अंशियारहरू आपसमा भिन्न मात्र हुनुले अंशियारहरूबिच बन्डा नभई सगोलमा रहेको मानिन्छ भने अंश लिई छुट्टिई भिन्न भएको अवस्थाले अंशियारहरूबिच अंशबन्डा भइसकेको अवस्थालाई बुझाउने हुन्छ र त्यस्ता अंशियारहरू सगोलमा रहेको भन्न नमिल्ने । मानो छुट्टिएको कारणले सगोलमा नरहेको भन्न नमिल्ने । (प्रकरण नं.१०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11316 |
|---|---|
| मुद्दाको विषय | अंश दर्ता |
| निर्णय वर्ष / मिति | 2079/01/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान | माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा | माननीय न्यायाधीश श्री बालमुकुन्द दवाडी | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी | माननीय न्यायाधीश श्री दिनेशकुमार कार्की |
| मुद्दा नं. | ०६९-CI-०८६९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८१, नि.नं. 11316 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
