नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11305 · वि.सं. २०८१
नि.नं. 11305 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
विशिष्टीकृत कानूनको रूपमा रहेको नेपाल ट्रष्ट ऐन, २०६४ को दफा ४(ग) ले गरेको कानूनी व्यवस्थाबमोजिम भएको निर्णयलाई भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ एवं नेपाल ट्रष्ट ऐनको दफा ३ विपरीत भएको मान्न नमिल्ने । (प्रकरण नं.५) मोहीको मृत्युपश्चात् निजको हकवाला एकभन्दा बढी भई हकवालामा विवाद भएमा जग्गावालाले पत्याएको व्यक्ति मोही हुन सक्ने भूमिसम्बन्धी ऐन, २०२१ को साबिक दफा २६(१) को कानूनी व्यवस्था हो । उक्त जग्गामा रहेको मोहीको हकवाला आफू पनि रहे भएको भनी कोही कसैको उजुरी गरेको वा तेस्रो व्यक्तिको उपस्थिति रहेको अवस्था नभएको, सो जग्गा राष्ट्रहितमा प्रयोग हुने देखिएको र विशिष्टीकृत कानूनी व्यवस्थासमेतको आधारमा भएको काम कारबाहीलाई सरोकारवालालाई नबुझी निर्णय भएकाले सो निर्णय बदर गरी सम्बन्धित सरोकारवालालाई बुझी मात्र निर्णय गर्नु भन्नु मनासिब नदेखिने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11305 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2079/09/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल |
| मुद्दा नं. | ०७३-WO-०७६६ | ०७३-WO-०८९५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८१, नि.नं. 11305 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
