नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11321 · वि.सं. २०८१

नि.नं. 11321 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

सामाजिक कार्य गर्ने संस्थाको गतिविधि प्रभावकारी तथा पारदर्शी हुनुपर्ने । समाज सेवाका नाउँमा सीमित व्यक्ति र समूहले स्रोतमाथि कब्जा गर्ने र लक्षित समुदाय र संस्थाको उद्देश्यप्रति कुनै जवाफदेही नहुने हो भने संस्थाले जनविश्वास गुमाउँदै जाने । यस्तो प्रवृत्तिलाई रोक्न र कानूनी शासन कायम राख्न नियामक निकाय जिल्ला प्रशासन कार्यालयले निर्देशन दिन सक्ने । यसरी संस्थालाई गतिशील बनाई घोषित उदेश्यअनुरूप कार्य गर्न गराउन नियामक निकायले कानूनबमोजिम दिएको निर्देशनलाई कानूनी अधिकार नै नभएको भनी मान्न नहुने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11321
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2080/09/17
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री अब्दुल अजीज मुसलमान
मुद्दा नं.०७४-WO-०८९७
उद्धरण सन्दर्भने.का.प. २०८१, नि.नं. 11321
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्