नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11320 · वि.सं. २०८१

नि.नं. 11320 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

प्रतिवादीले अदालतमा बयान गर्दा कसुरमा इन्कार रहेको र जाहेरवालाले अदालतमा बकपत्र गर्दा प्रतिकूल बकपत्र गरेको भन्ने मात्र आधारमा कुनै प्रतिवादीले कसुरबाट सफाइ पाउँछ भन्न नमिल्ने । कुनै मुद्दामा के के प्रमाण छन् भन्ने हेर्नुपर्दा प्रतिवादीको बयान र जाहेरवालाको बकपत्र पनि प्रमाणको श्रृङ्खलाभित्र पर्ने कुरा हुन सक्ला तर प्रतिवादीको अदालतमा इन्कारी बयान भएको र जाहेरवालाले प्रतिकूल बकपत्र गरेको भन्ने कुरालाई यान्त्रिक रूपमा हेरी यी प्रमाणहरू प्रतिवादीको पक्षमा रहेको भन्ने आधारमा मात्र सफाइ पाउन नसक्ने । कुनै प्रतिवादीलाई लागेको अभियोग माग दाबीबमोजिमको कसुर निजले गरेको देखिन्छ वा देखिँदैन भन्ने सम्बन्धमा विचार गर्नुपर्दा कुनै खास प्रमाण विशेषलाई मात्र आधार मान्ने टुक्रे दृष्टिकोणलाई न्यायको रोहमा स्वीकार्य मान्न नसकिने । मिसिल संलग्न समग्र प्रमाणहरूको मूल्याङ्कनबाट निष्कर्षमा पुग्ने मान्यता नै न्याय सम्पादनको मान्यता हुने । सामान्यतयाः कुनै कसुरको अभियोग लागेको व्यक्ति कसुरमा इन्कार रहनुलाई अस्वाभाविक मान्न नसकिने । आफूले कसुर स्वीकार गर्दा बेहोर्नुपर्ने फौजदारी दायित्वबाट उन्मुक्तिका लागि इन्कार रहनु स्वाभाविकै हुने । तर यही स्वाभाविकताका बिचमा पनि कुनै व्यक्ति निजलाई लगाइएको अभियोगमा साबित हुन्छ भने त्यो पक्ष विचारणीय हुन्छ र अन्यथा प्रमाणित नभएसम्म यस्तो साबितीलाई मूल्यवान् प्रमाणको रूपमा लिनुपर्ने । किनभने यहाँनिर साँचो नभई आफैँउपर फौजदारी दायित्व आइपर्ने गरी कोही पनि साबित हुँदैन भन्ने मान्यता राख्ने गरिने । यसैले साबितीलाई प्रमाणमा लिने व्यवस्था गरिनुको पछाडि पनि साबित भयो भन्ने तथ्य महत्त्वपूर्ण नभएर त्यस्तो साबिती साँचो हुन्छ भन्ने तथ्य महत्त्वपूर्ण रहने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11320
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2080/05/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ
मुद्दा नं.०७६-CR-०४६४
उद्धरण सन्दर्भने.का.प. २०८१, नि.नं. 11320
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्