नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11317 · वि.सं. २०८१

नि.नं. 11317 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

एउटा कार्यालयमा कार्यरत रहँदारहँदैको अवस्थामा कुनै पनि कर्मचारीले अर्को कार्यालयमा नियुक्ति लिएको र कार्यरत कार्यालयले अर्को कार्यालयमा हाजिर हुन जानु भनी रमाना पत्र दिई सो रमाना पत्रमार्फत हाजिर भएको अवस्थामा त्यस्तो कर्मचारी नोकरीमा अविच्छिन्न रूपमा सेवारत रहेकै मान्नुपर्ने । (प्रकरण नं. ६) अवकाश हुँदाको अवस्थामा संस्थाको सञ्चालक समितिको अध्यक्षले हस्ताक्षर गरिदिएको कदर पत्रमा सेवा अवधिको एउटा मिति कायम गरेकोमा निजलाई अवकाशबापत पाउनुपर्ने सेवा सुविधा प्रदान गर्ने समयमा अर्को मिति कायम गरी विपक्षीहरूले गरेको निर्णयलाई कानूनसम्मत मान्न नसकिने । (प्रकरण नं. ८) एकजना कर्मचारीको सेवा अवधि जोडिने तर अर्को कर्मचारीको हकमा सोही प्रकृतिको सेवा अवधि नजोडिने भनी निर्णय गर्नु तर्कसङ्गत र न्यायसङ्गत नहुने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11317
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2079/02/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ
मुद्दा नं.०७२-CI-०७४२
उद्धरण सन्दर्भने.का.प. २०८१, नि.नं. 11317
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्