सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल २१९ नजिर अभिलेखमध्ये पृष्ठ ३ / १०

नि.नं. 9689वि.सं. २०७३संयुक्त इजलास

उत्प्रेषण / परमादेश

विगतको सशस्त्र द्वन्द्वको क्रममा सर्वसाधारण नागरिकसमेत मारिएका वा बेपत्ता पारिएका छन् । जसअनुसार निर्देशिकाले पीडक र पीडितबीचको फरक व्यवहार देखाउन सकेको देखिँदैन । यसले गर्दा द्वन्द्व पीडितलाई दिन लागेको परिचयपत्र पीडकले समेत प्राप्त गर्ने देखिन्छ जुन न्यायोचि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9688वि.सं. २०७३पूर्ण इजलास

गुठी धर्मलोप, गुठी कायम

वस्तुतः विवादित कि.नं. १८७ को जग्गाको प्रकृति (गुठी र रैकर) के हो भन्ने प्रमाणबाट विवेचना नै नगरी प्रथम दृष्टिमा नै कुन हदम्याद आकर्षित हुने भनी पूर्वअनुमान गर्न मिल्दैन । अर्थात्‌ गुठी वा रैकर के रहेछ भनी जाँचबुझ प्रमाण मूल्याङ्कन नै नभई प्रारम्भिकरूपमा नै हद…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9687वि.सं. २०७३संयुक्त इजलास

परमादेश

नागरिकताको प्रमाणपत्रले नै व्यक्तिलाई खास देशको नागरिक भन्ने पहिचान गराउँदछ । नागरिक नबनीकन राजनीतिक अधिकार उपभोग गर्न सकिँदैन । राजनीतिक एवं आर्थिक अधिकार उपभोग गर्न र नागरिक भन्ने चिनाउन नागरिकताको प्रमाणपत्र अत्यावश्यक हुन्छ । मौलिक हक उपभोग गर्ने, रोजगार प…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9686वि.सं. २०७३संयुक्त इजलास

परमादेश

नेपाल सरकार वा कुनै सार्वजनिक निकाय वा पदाधिकारीले संविधान वा कानूनबमोजिम गर्नुपर्ने कुनै काम नगरेको वा गर्न नहुने कुनै काम गरेको कारणबाट जनसाधारणको हक, हित वा स्वार्थमा प्रतिकुल असर परेको कुरा सार्वजनिक हक वा सरोकारको विषय बन्दछ । कुनै विषयलाई “सार्वजनिक हो व…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9685वि.सं. २०७३संयुक्त इजलास

उत्प्रेषण / परमादेश

बैंकिङ् व्यवसाय विश्वासमा आधारित व्यवसाय हो । राष्ट्र बैंकले बैंकहरूको संस्थागत विकास गर्दै बैंकिङ् कारोबारलाई विश्वासिलो, जिम्मेवार र व्यवस्थित बनाई उपयुक्त वातावरण सिर्जना गर्नुपर्ने हुन्छ । सोबमोजिमको कामकारवाही नियमित र व्यवस्थित गर्न तथा ऋण असुलउपर तथा धि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9684वि.सं. २०७३संयुक्त इजलास

मानव बेचबिखन तथा ओसारपसार जबरजस्ती करणी

कुनै महिलाले नाम, थर, लिङ्ग, हुलिया, ढाँटी धोका दिई नक्कली लोग्ने मानिस भएको अनुभूति दिलाई नक्कली लिङ्ग प्रयोग गरी कसैलाई जबरजस्ती करणी गर्छ भने उसलाई महिला भएकै कारणले उन्मुक्ति दिनु न्यायोचित हुन नसक्ने । (प्रकरण न. ९) अदालतले कानूनको व्याख्या गर्दा अपराधको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9683वि.सं. २०७३संयुक्त इजलास

उत्प्रेषण

क्षति भएको बसको प्राविधिक मूल्याङ्कन रू.१०,९७,३७७।- रहेको, अवशेष मूल्य (scrap value) रू.४०,०००।- घटाउँदा हुन आउने रकम रू.१०,५७,३७७।- रहेको कुरा मिति २०६२।१२।१४ को सवारी साधन क्षतिको मूल्याङ्कन फारामबाट देखिएको छ । बिमाको सम्बन्धमा कुनै प्रमाण पेस भएको छैन भनी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9682वि.सं. २०७३संयुक्त इजलास

उत्प्रेषण परमादेश ने.का.प. २०६२ अंक ९, पृष्ठ ६९, निर्णय मिति २०५९।१०।२ नि.नं. ११ पूर्ण इजलास र रामबहादुर सिंह विरूद्ध सामान्य प्रशासन मन्त्रालयसमेत, निर्णय मिति २०७०।१।२९ नि.नं. ९००० मुद्दाः उत्प्रेषणयुक्त परमादेश, ने.का.प. २०७०, अंक ४, पृष्ठ ५८०) विपरीत मेरो जन्ममिति २०१२।८।२६ कायम गरी अवकाश प्राप्त गर्ने मिति परिवर्तन गरी अवकाश दिने निर्णयानुसार उक्त पत्र प्रेषित गरिएको रहेछ । मिति २०७२।२।२७ गतेको विपक्षी जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका नाममा प्रेषित उक्त पत्रमा म निवेदिका शारदा देवी पौडेल (क.स.नं. ८३५५९) लाई ५८ वर्ष पूरा हुने उमेर मिति २०७०।८।२५ हुने हुँदा सोही मिति देखि लागू हुने गरी अनिवार्य अवकाश दिनु हुन र नि.से.नि. २०५० को नियम १२९क(४) अनुसार मिति २०७०।८।२६ देखि मिति २०७१।८।१६ सम्म म निवेदिकाले लिए पाएको तलब, भत्ता, बिमा भत्ता लगायतका सुविधाहरूको जम्मा रकमसमेत उल्लेख गरी पठाई दिन र नियमानुसार पाउने निवृत्तिभरण रकमबाट कट्टा हुने भनी व्यहोरा उल्लेख रहेछ ।

उत्प्रेषण / परमादेश

निजामती सेवा ऐन, २०४९ को दफा ३३ को उपदफा ३ बमोजिम अनिवार्य अवकाशको गणनाको प्रयोजनको लागि कर्मचारीको उमेर सेवामा प्रवेश गर्दा निजले पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्रमा किटिएको जन्मदिन वा वर्षबाट हुन आएको उमेर वा नागरिकताको प्रमाणपत्रमा किटिएको जन्मदिन वा व…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9681वि.सं. २०७३संयुक्त इजलास

निर्देशन बदर ।

निर्देशन बदर

संयुक्त आवासको स्वामित्वसम्बन्धी ऐन, २०५४ विशेष ऐन भएको र सो ऐनले सम्झौता करार गर्नुपर्ने भनी किटान साथ छुट्टै कानूनी व्यवस्था स्पष्ट गरेको पाइयो । सम्झौताअनुसारको संयुक्त आवास भवनको सुविधा प्रदान गरे नगरेको, कानूनले सम्झौतामा खुलाउनु पर्ने विशेष सुविधा खुलेको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9680वि.सं. २०७३संयुक्त इजलास

उत्प्रेषण

गैरकानूनी तवरले ठूलो परिमाणमा चल अचल सम्पत्ति आर्जन गरेको भनी उजुर परी सो उजुरीउपर अनुसन्धान भइरहेको अवस्थामा अनुसन्धानबाट जे निष्कर्ष निस्कन्छ सोहीबमोजिम हुने नै हुँदा सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको काम कारवाहीलाई असर पर्ने गरी रिट क्षेत्रबाट बोल्न नम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9679वि.सं. २०७३संयुक्त इजलास

उत्प्रेषण

लगातार ३० दिनभन्दा बढी प्रतिष्ठानमा उपस्थित नभई गयल भएमा सेवाबाट हटाउन सकिनेछ भन्ने उल्लेख भएको हुँदा उक्त नियमावलीको व्यवस्थाले स्वत: कामदार कर्मचारीलाई ३० दिनभन्दा बढी गयल हुने बित्तिकै हटाइहाल्ने भन्ने होइन, त्यसका पनि निश्चित सर्तहरू पूरा गर्नुपर्ने देखिन्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9678वि.सं. २०७३संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण ।

बन्दीप्रत्यक्षीकरण

ठगी मुद्दा सरकारवादी फौजदारी भई चल्ने मुद्दा हो । ठगी नै हो वा विशुद्ध लेनदेनको विषयलाई ठगी भनिएको हो अर्थात्‌ ठगी गरेको ठहर्ने नठहर्ने विषय अदालतको फैसलाबाट निरूपण गरिने विषय हो । तर ठगीमा जाहेरी नै नलिने, सोमा अनुसन्धान नै नगर्ने भन्ने हुँदैन । ठगीमा जाहेरी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9677वि.सं. २०७३संयुक्त इजलास

मानव बेचबिखन ओसारपसार

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ हेर्दा यस ऐनको दफा ३ ले मानव बेचबिखन र ओसार पसार गर्नु गराउनु हुँदैन भनी मानव बेचबिखन र ओसार पसार गर्ने कार्यलाई आपराधिकीकरण (Criminalization) गरेको पाइन्छ भने सोही ऐनको दफा ४(१) मा मानव बेचबिखन गरेको मानिने कार्य…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9676वि.सं. २०७३संयुक्त इजलास

कर्तव्य ज्यान

प्रतिवादीहरूसमेत उपर किटानी जाहेरी परे तापनि उक्त जाहेरी जाहेरवालाको बकपत्रबाट नै खण्डित भइरहेको अवस्थामा जाहेरी व्यहोरा केवल आवेशमा आई शंकाका भरमा मात्र दिएको प्रस्ट हुन्छ । त्यसमा पनि जाहेरी आफैँमा प्रमाण हुन सक्दैन । यो घटना भएको, घटनाको सम्भावना रहेको जस्त…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9675वि.सं. २०७३संयुक्त इजलास

कर्तव्य ज्यान र अपहरण

प्रहरी आफैँले वा जबरजस्ती गरी लेखाएको बयानमा घटनाको वस्तुस्थितिसँग मेल खाने किसिमले घटनाको सिलसिलेवार चित्रण पनि हुन सक्दैन र त्यस्तो बयान अन्य मौकामा कागज गर्ने व्यक्तिहरूको भनाइसँग पनि हुबहु नमिल्न सक्छ । यसरी घटनाको वस्तुस्थिति तथा परिवेशसँग र मौकामा कागज ग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9674वि.सं. २०७३संयुक्त इजलास

वैदेशिक रोजगार कसुर ।

वैदेशिक रोजगार कसुर

प्रमाण कानूनले लिखत प्रमाणलाई सर्वोत्तम प्रमाण मान्दछ । त्यसैले लिखतमा उल्लेख भएको कुरा अन्यथा प्रमाणित भएमा बाहेक सोमा उल्लेख भएको कुरालाई भरपर्दो र बस्तुपरक प्रमाणको रूपमा अदालतले ग्रहण गर्नुपर्ने । (प्रकरण नं. ५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 9673वि.सं. २०७३संयुक्त इजलास

परमादेश ।

परमादेश

नागरिकता राज्यले आफ्ना नागरिकहरूको पहिचानको लागि जारी गरिने महत्त्वपूर्ण प्रमाणपत्र हो । नागरिकता व्यक्तिको राष्ट्रियतासँग गाँसिएको विषय हुँदा राज्यले संविधान तथा कानून निर्माण गरी नागरिकता प्राप्त गर्ने आधारहरू तय गरेको हुन्छ । कुनै व्यक्ति कुनै राष्ट्रमा बस्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9672वि.सं. २०७३संयुक्त इजलास

कर्तव्य ज्यान ।

कर्तव्य ज्यान

दण्ड सजायको १ नं. अन्तर्गत सजायबाट छुट पाउनका लागि कसुरदार वा प्रतिवादीको मानसिक अवस्था आरोपित आपराधिक कार्य गर्दाको बखत त्यस्तो कार्यको प्रकृति र परिणाम थाहा नपाउने गरी बिग्रेको हुन अनिवार्य हुन्छ । अन्यथा प्रतिवादीलाइ यो प्रावधानअन्तर्गतको सजायमा छुटको सुविध…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9671वि.सं. २०७३संयुक्त इजलास

परमादेश

वैदेशिक रोजगार ऐन, २०६४ मा वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्नका लागि अनुमति दिनबाट रोक लगाउने व्यवस्था रहे भएको देखिँदैन । कुनै कानूनले कुनै पेसा वा व्यवसाय सञ्चालन गर्नमा कुनै किसिमको रोक वा प्रतिबन्ध नलगाएको स्थितिमा बिना कानूनी आधार कार्यकारी आदेश वा निर्ण…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9670वि.सं. २०७३संयुक्त इजलास

उत्प्रेषण

कुनै पत्रिकामा प्रकाशित सामग्रीले कसैको मान प्रतिष्ठा र ख्यातिमा आँच आएमा सोको उचित क्षतिपूर्ति तिर्नु बुझाउनु पर्ने नै हुन्छ । पत्रपत्रिका अति संवेदनशील व्यवसाय हो । यसले जनताको सुसूचित हुने अधिकारलाई सुनिश्चित गर्दछ । जनताको यो अधिकार कुण्ठित नहोस् भन्ने अभि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9669वि.सं. २०७३संयुक्त इजलास

दूषित निर्णय बदर

अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट मिति २०६९/६/१६ मा निर्णय भई विभागीय सजायको लागि लेखी पठाएको सम्म देखिन्छ । सजायको लागि कुनै कानून वा दफा किटान गरेको वा सजाय नै प्रस्ताव गरी लेखी पठाएको अवस्था देखिँदैन । यस्तो अवस्थामा आयोगको काम कारबाही किन र कसरी दूषित हु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9668वि.सं. २०७३संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

निवेदकले डाँका उद्योग र हातहतियार खरखजाना मुद्दामा भएको फैसलाउपर पुनरावेदन नगरी दुवै फैसला अन्तिम भएर बसेको देखिन्छ । मुलुकी ऐन, दण्ड सजायको १० र ४१ नं. मा माथि उल्लिखित कानूनी व्यवस्थाअनुसार डाँका उद्योग मुद्दामा तीन वर्ष कैद सजाय हुने भएपनि निवेदक एउटा कलमको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9667वि.सं. २०७३संयुक्त इजलास

उत्प्रेषण / परमादेश

निसन्देहः कुनै पनि राष्ट्रका लागि आफ्नो "सार्वभौमसत्ता" सर्वाधिक महत्त्वको विषय हुन्छ । सार्वभौमसत्ता प्रतिकूलका कुनै पनि काम, कारवाही, गतिविधि वा क्रियाकलाप मान्य र स्वीकार्य हुन सक्दैन । तर सार्वभौमसत्ताको आफ्नो अनुकूल व्याख्या गरी कसैको निहित स्वार्थ वा व्य…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9666वि.सं. २०७३संयुक्त इजलास

अंश दर्ता चलन

वस्तुतः अंशबन्डाको महलको १ र २ नं. को व्यवस्था भनेको अंश पाउने व्यक्तिको नैसर्गिक हकको प्रत्याभूत गराउने कानूनी व्यवस्था हो । उक्त व्यवस्थाले कुनै अंशियारलाई आफ्नो भागको अंश पूर्ण वा आंशिकरूपमा परित्याग गर्न रोक नलगाएको भए पनि नियोजित र दुराशययुक्तरूपमा आफूपछि…

नजिर सार पढ्नुहोस् →