नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9670 · वि.सं. २०७३
नि.नं. 9670 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
कुनै पत्रिकामा प्रकाशित सामग्रीले कसैको मान प्रतिष्ठा र ख्यातिमा आँच आएमा सोको उचित क्षतिपूर्ति तिर्नु बुझाउनु पर्ने नै हुन्छ । पत्रपत्रिका अति संवेदनशील व्यवसाय हो । यसले जनताको सुसूचित हुने अधिकारलाई सुनिश्चित गर्दछ । जनताको यो अधिकार कुण्ठित नहोस् भन्ने अभिप्रायबाट व्यवसायलाई संविधान र कानूनले सजगताका साथ सुरक्षित गरेको छ । तर यो अधिकारको प्रयोग गर्दा अनावश्यक तवरबाट आफ्नो व्यक्तिगत फाइदाको लागि वा बदला लिन आत्मसन्तुष्टिको लागि कसैको मान मर्दन गर्न नहुने । प्रकाशनको स्वतन्त्रताको आडमा कुनैपनि पत्रकार स्वच्छन्द हुन सक्दैन । यस्तो गैह्र जिम्मेवारी क्रियाकलाप हुन गएमा त्यो प्रकाशनले पुर्याएको क्षतिको न्यायोचित आँकलन गरी क्षतिपूर्ति भराउन अदालत सक्षम रहेको छ । कसुर गर्नेले सजायबाट उन्मुक्ति पाउन सक्दैन । तर विपक्षी प्रेस काउन्सिल नेपालले निवेदकको मानमर्दन वा बेइज्जती गरेको नदेखिई निवेदकसँग बदला लिन कुनै पत्रिकालाई हतियारको रूपमा लिइयो कि भन्नेसम्मको विचार उक्त सम्प्रेषणबाट गरी जनतालाई सुसूचित गरेको देखिएको अवस्था छ । प्रेस काउन्सिलको प्रकाशनबाट निवेदकको बेइज्जती नभएको हुँदा प्रेस काउन्सिलले क्षतिपूर्ति बेहोर्नु पर्ने भन्ने निवेदक दाबीसँग सहमत हुन नसकिने । (प्रकरण नं. ७) निवेदकले आफ्नो प्रतिष्ठामा आँच आएको र क्षतिपूर्तिमा आएको भन्ने निवेदन दाबी छ । अदालतको साधारण अधिकारक्षेत्रको प्रयोग नगरी असाधारण अधिकारक्षेत्रमा प्रवेश गरेको देखिन्छ । प्रतिष्ठमा आँच आउने र क्षतिपूर्ति जस्ता विवादहरू प्रचलित कानूनबमोजिम अदालतको साधारण क्षेत्राधिकारबाट नालिस लिई प्रवेश गर्नुपर्ने । अदालतको असाधारण क्षेत्राधिकारको माध्यमबाट उपचार खोजेको हुँदा निवेदकको प्रतिष्ठामा आँच आयो आएन, क्षतिपूर्ति कति हुनु पर्ने हो आदि सबुत प्रमाणको मूल्याङ्कन हुन सक्ने अवस्था रहेन । तसर्थ निवेदकको मागबमोजिम रिट जारी हुन सक्ने अवस्था नरहने । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9670 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2072/09/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल |
| मुद्दा नं. | ०६९-WO-१२२७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9670 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
