नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9676 · वि.सं. २०७३
नि.नं. 9676 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
प्रतिवादीहरूसमेत उपर किटानी जाहेरी परे तापनि उक्त जाहेरी जाहेरवालाको बकपत्रबाट नै खण्डित भइरहेको अवस्थामा जाहेरी व्यहोरा केवल आवेशमा आई शंकाका भरमा मात्र दिएको प्रस्ट हुन्छ । त्यसमा पनि जाहेरी आफैँमा प्रमाण हुन सक्दैन । यो घटना भएको, घटनाको सम्भावना रहेको जस्ता अवस्थामा प्रारम्भिकरूपमा सूचित गर्ने (First Information Report) का रूपमा मात्र दिइने हो जसलाई सत्य नै हुन्छ भनी भन्न सकिँदैन । यी प्रतिवादीको समेतको संलग्नता रहेको भनी दिएको जाहेरी अन्य कुनै प्रमाणबाट पुष्टि नभएको र स्वयम् जाहेरवालाको बकपत्रबाट समेत समर्थित नभएको अवस्थामा यसको प्रामाणिक मूल्य रहेको मान्न नसकिने । (प्रकरण नं. ४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9676 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2073/02/24 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ | माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. |
| मुद्दा नं. | ०६८-CR-१०९० | ०७१-RC-००४८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9676 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
