नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9685 · वि.सं. २०७३

नि.नं. 9685 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

बैंकिङ् व्यवसाय विश्वासमा आधारित व्यवसाय हो । राष्ट्र बैंकले बैंकहरूको संस्थागत विकास गर्दै बैंकिङ् कारोबारलाई विश्वासिलो, जिम्मेवार र व्यवस्थित बनाई उपयुक्त वातावरण सिर्जना गर्नुपर्ने हुन्छ । सोबमोजिमको कामकारवाही नियमित र व्यवस्थित गर्न तथा ऋण असुलउपर तथा धितो फुकुवालगायत आवश्यक निर्देशन दिनसक्ने अधिकार नेपाल राष्ट्र बैंकलाई भएको नै देखियो । यसरी ऐनद्वारा प्राप्त अधिकारबमोजिम दिएको निर्देशन र सोबमोजिम लक्ष्मी बैंकले धितो फुकुवा गर्ने निर्णय र सो निर्णयको कार्यान्वयनसमेतलाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं. ३) कुनै पनि व्यक्ति वा संस्थाले आफूले ऋण लिँदा कबुल गरेअनुसारको समय अवधिभित्र ऋण बुझाउनु निजको बाध्यात्मक दायित्व हो । ऋण लिँदा कबुल गरेको सर्तअनुसार ऋण तिर्ने जिम्मेवारीबाट पन्छन खोज्ने कसैलाई पनि कानूनले सहयोग गर्न सक्दैन । सञ्चालकहरूका बीचमा भएको विवादका कारण निर्धारित समयभित्र आफूले लिएको ऋण रकम चुक्ता गर्नुपर्ने दायित्वबाट पन्छिन मिल्दैन भने नियमबमोजिम साँवा ब्याजसमेत तिर्ने ऋणीको हकमा दायित्व निरन्तरता रहिरहन पर्ने पनि होइन । तसर्थ नेपाल राष्ट्र बैंकले मिति २०७२।२।२४ मा दिएको निर्देशन र सोबमोजिम लक्ष्मी बैंकले मिति २०७२।९।३० मा धितो फुकुवा गर्ने निर्णय गरी सो निर्णयको कार्यान्वयनसमेत भएको कानूनसम्मत् नै देखिने । (प्रकरण नं. ३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9685
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2073/04/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल
मुद्दा नं.०७२-WO-११०३
उद्धरण सन्दर्भने.का.प. २०७३, नि.नं. 9685
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्