नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9675 · वि.सं. २०७३

नि.नं. 9675 — कर्तव्य ज्यान र अपहरण

सिद्धान्त / नजिर सार (Headnote Summary)

प्रहरी आफैँले वा जबरजस्ती गरी लेखाएको बयानमा घटनाको वस्तुस्थितिसँग मेल खाने किसिमले घटनाको सिलसिलेवार चित्रण पनि हुन सक्दैन र त्यस्तो बयान अन्य मौकामा कागज गर्ने व्यक्तिहरूको भनाइसँग पनि हुबहु नमिल्न सक्छ । यसरी घटनाको वस्तुस्थिति तथा परिवेशसँग र मौकामा कागज गर्नेहरूको भनाइसँग मेल खाने गरी आप्नो स्वेच्छाले गरेको मौकाको बयानलाई अन्यथा पुष्टि नभएसम्म अदालतमा इन्कार गरेकै आधारमा असत्य भन्न नमिल्ने । (प्रकरण नं.५) वस्तुस्थिति मुचुल्काका व्यक्तिहरूले मौकामा कागज गर्दा यी प्रतिवादीहरूको वारदातमा संलग्नता रहेको भनी लेखाएकोमा अदालतमा बकपत्र गर्दा मौकाको बकपत्र आफूले लेखाएको नभई लेखेर ल्याएकोमा सही गराएको भने तापनि सो कुराको पुष्टि गर्न नसकेकोले सो भनाइलाई विश्वासयोग्य मान्न सकिँदैन । अनुसन्धानका क्रममा तयार भएका तथा संग्रहित मिसिल संलग्न प्रमाणहरू एक आपसमा समर्थित भई वारदातलाई र वारदातमा प्रतिवादीहरूको संलग्नताका सम्बन्धमा पुष्टि गरिराखेको अवस्थामा मौकामा संकलित प्रमाणहरूलाई अन्यथा मानी प्रमाणमा अग्राह्य गर्न नसकिने । कुनै काम, घटना वा अवस्था प्रत्यक्षरूपमा देख्ने वा थाहा पाउने व्यक्ति वा सो काम, घटना वा अवस्थाबाट पीडित भएको व्यक्तिले कुनै काम वा घटनाका सम्बन्धमा मौकामा वा त्यसको तत्काल अघि वा पछि व्यक्त गरेको कुरा प्रमाणमा लिन हुन्छ भन्ने व्यवस्था प्रमाण ऐन, २०३१ को दफा १० मा भएअनुसार पनि घटनाका पीडित र प्रत्यक्षदर्शी दुवै रहेका यी पीडितहरूको मौकाको भनाइलाई अदालतमा आइ बकपत्र नगरेको आधारमा मात्र प्रमाणमा लिन नमिल्ने भन्न नमिल्ने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9675
मुद्दाको विषयकर्तव्य ज्यान र अपहरण
निर्णय वर्ष / मिति2073/02/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ | माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.
मुद्दा नं.०६९-CR-०४६१ | ०६९-CR-०४३२
उद्धरण सन्दर्भने.का.प. २०७३, नि.नं. 9675
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्