नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9677 · वि.सं. २०७३

नि.नं. 9677 — मानव बेचबिखन ओसारपसार

सिद्धान्त / नजिर सार (Headnote Summary)

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ हेर्दा यस ऐनको दफा ३ ले मानव बेचबिखन र ओसार पसार गर्नु गराउनु हुँदैन भनी मानव बेचबिखन र ओसार पसार गर्ने कार्यलाई आपराधिकीकरण (Criminalization) गरेको पाइन्छ भने सोही ऐनको दफा ४(१) मा मानव बेचबिखन गरेको मानिने कार्य तोकिएको र दफा ४(२) मा मानव औसार पसार गरेको मानिने कार्यसमेत अलग अलग गरी तोकिदिएको अवस्था छ । त्यस्तै दुवैमा फरक फरक सजाय हुने पनि दफा १५ मा व्यवस्था छ । यसरी कस्तो कार्यबाट मानव ओसार पसार हुने र के कस्तोबाट बेचबिखन हुने भनी कानूनले अलग अलग गरी तोकिदिएबाट मानब बेचबिखन र मानव ओसारपसारलाई दुई भिन्न आपराधिक कार्यका रूपमा राखिएको प्रस्ट हुन्छ । यी दुवै अलग आपराधिक कार्य भएकाले यी दुवैको छुट्टै अस्तित्व हुन जान्छ । प्रायः सँगसँगै यी दुवै अपराध हुने भएपनि एकको अभावमा अर्को नहुने परिपुरक भने होइनन् । ओसारपसारको उद्देश्यमा रूपमा किन्ने वा वेच्ने वा वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने नै ऐनले राखेको भएपनि सबै अवस्थामा त्यो उद्देश्य पूरा भई किन्ने बेच्ने वा वेश्यावृत्तिमा लगाएकोनै भन्न सकिँदैन तापनि सो उद्देश्यले लगेमा ओसार पसार भने गरेको नै मानिने । प्रस्तुत वारदातमा पनि प्रतिवादीले बेचिबखन गर्ने उद्देश्यले नै पीडितलाई भारत लगेको र बेच्न नपाउँदै भारतमा अलपत्र छोडेकोमा निज पीडितमाथि यौन शोषण भएको पुष्टि भएपनि बेचबिखन गरिसकेको भने मिसिलबाट पुष्टि हुन सक्दैन । यस्तो पीडितलाई भारतसम्म पुर्‍याई चरम यौन शोषणसमेत भएको पुष्टि भइरहेको अवस्थामा अभियोग मागदाबीबमोजिम सजाय गर्ने गरेको सुरू फैसला सदर गर्नु पर्नेमा सो नगरी भएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण भएको भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरसँग सहमत हुन नसकिने । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9677
मुद्दाको विषयमानव बेचबिखन ओसारपसार
निर्णय वर्ष / मिति2073/02/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ | माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.
मुद्दा नं.०६८-CR-१२०३ | ०६८-CR-१२२५
उद्धरण सन्दर्भने.का.प. २०७३, नि.नं. 9677
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्