नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9669 · वि.सं. २०७३

नि.नं. 9669 — दूषित निर्णय बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट मिति २०६९/६/१६ मा निर्णय भई विभागीय सजायको लागि लेखी पठाएको सम्म देखिन्छ । सजायको लागि कुनै कानून वा दफा किटान गरेको वा सजाय नै प्रस्ताव गरी लेखी पठाएको अवस्था देखिँदैन । यस्तो अवस्थामा आयोगको काम कारबाही किन र कसरी दूषित हुन गएको हो, सोको कुनै ठोस आधार र तर्कसम्म पनि पुनरावेदकले प्रस्तुत गर्न सकेको देखिँदैन । निर्णय दूषित भएको दाबी लिने पक्षले केवल दाबी लिन मात्र पर्याप्त हुँदैन, सोको पुष्टि हुने प्रमाण पुर्‌याउनु पर्ने दायित्व पनि प्रमाण ऐन २०३१ को दफा २७ बमोजिम निजमा नै रहेको मान्नुपर्ने । (प्रकरण नं. ३) पुनरावेदकीय अधिकार वस्तुतः मुद्दाको पक्ष विपक्षमा नै निहित रहेको हुन्छ । मुद्दाको पक्ष नै नभएको व्यक्तिले पुनरावेदन गर्ने हक कानूनले विशेष व्यवस्था गरेमा बाहेक प्राप्त गर्दैन । (प्रकरण नं. ५) पक्षले पुनरावेदन गर्ने हक कानूनबाट नै पाउने हुन्छ र कानूनले तोकेको हदसम्म मात्र हेर्न पाउने हुन्छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निर्णयबाट असर पर्ने व्यक्तिले मात्र विशेष अदालतसमक्ष सोही ऐनको दफा ३५ग बमोजिम पुनरावेदन गर्न सक्ने देखिन्छ । पुनरावेदकीय अधिकारको प्रयोग मुद्दाका पक्षले पुनरावेदन गर्न प्राप्त गर्ने हुन्छ । तर यी पुनरावेदक मुद्दाको कुनै पक्ष रहेको र निजलाई प्रतिकूल पर्ने कुनै आदेश भएको पनि देखिँदैन । व्यक्तिगत तवरबाट निजको पुनरावेदन गर्न पाउने हक रहेको देखिएन । पुनरावेदकको कुनै व्यावसायिक वा निजसँग सान्दर्भिक विषयगत वा सामूहिक सरोकारको विषयमा प्रतिकूलअसर परेको भनी ठोस पुनरावेदन जिकिर लिन सकेको पनि छैन । यस्तो अवस्थामा पुनरावेदकको आफ्नो मुद्दा गर्नुपर्ने हक स्थापित गराउन सकेको छ भनी मान्न मिलेन । (प्रकरण नं. ५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9669
मुद्दाको विषयदूषित निर्णय बदर
निर्णय वर्ष / मिति2070/03/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ
मुद्दा नं.०७०-CR-०५०८
उद्धरण सन्दर्भने.का.प. २०७३, नि.नं. 9669
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्