नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9682 · वि.सं. २०७३
नि.नं. 9682 — उत्प्रेषण परमादेश ने.का.प. २०६२ अंक ९, पृष्ठ ६९, निर्णय मिति २०५९।१०।२ नि.नं. ११ पूर्ण इजलास र रामबहादुर सिंह विरूद्ध सामान्य प्रशासन मन्त्रालयसमेत, निर्णय मिति २०७०।१।२९ नि.नं. ९००० मुद्दाः उत्प्रेषणयुक्त परमादेश, ने.का.प. २०७०, अंक ४, पृष्ठ ५८०) विपरीत मेरो जन्ममिति २०१२।८।२६ कायम गरी अवकाश प्राप्त गर्ने मिति परिवर्तन गरी अवकाश दिने निर्णयानुसार उक्त पत्र प्रेषित गरिएको रहेछ । मिति २०७२।२।२७ गतेको विपक्षी जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका नाममा प्रेषित उक्त पत्रमा म निवेदिका शारदा देवी पौडेल (क.स.नं. ८३५५९) लाई ५८ वर्ष पूरा हुने उमेर मिति २०७०।८।२५ हुने हुँदा सोही मिति देखि लागू हुने गरी अनिवार्य अवकाश दिनु हुन र नि.से.नि. २०५० को नियम १२९क(४) अनुसार मिति २०७०।८।२६ देखि मिति २०७१।८।१६ सम्म म निवेदिकाले लिए पाएको तलब, भत्ता, बिमा भत्ता लगायतका सुविधाहरूको जम्मा रकमसमेत उल्लेख गरी पठाई दिन र नियमानुसार पाउने निवृत्तिभरण रकमबाट कट्टा हुने भनी व्यहोरा उल्लेख रहेछ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
निजामती सेवा ऐन, २०४९ को दफा ३३ को उपदफा ३ बमोजिम अनिवार्य अवकाशको गणनाको प्रयोजनको लागि कर्मचारीको उमेर सेवामा प्रवेश गर्दा निजले पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्रमा किटिएको जन्मदिन वा वर्षबाट हुन आएको उमेर वा नागरिकताको प्रमाणपत्रमा किटिएको जन्मदिन वा वर्षबाट हुन आएको उमेर वा निजले भरेको वैयक्तिक विवरणमा लेखिदिएको जन्ममिति वा वर्षबाट हुन आएको उमेरमध्ये जुन उमेरबाट निज पहिले अवकाश हुन्छ सोही आधारमा गणना गरिने कानूनी व्यवस्था भएको देखिन्छ । उपर्युक्त कानूनी व्यवस्थाले प्रस्ट तथा द्विविधारहित व्यवस्था गरेको छ । यस्तो अवस्थामा कानूनी व्यवस्थाको स्पष्ट प्रावधानको स्थानमा व्याख्याको गुन्जायस रहँदैन । उल्लिखित कागजात, प्रमाणपत्रहरू मध्ये जुन कागजमा उल्लिखित जन्म मितिको आधारमा पहिले अवकाश हुन्छ सोही मितिबाट कर्मचारीको अनिवार्य अवकाश हुने निर्विवाद हुने । (प्रकरण नं. ३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9682 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण परमादेश ने.का.प. २०६२ अंक ९, पृष्ठ ६९, निर्णय मिति २०५९।१०।२ नि.नं. ११ पूर्ण इजलास र रामबहादुर सिंह विरूद्ध सामान्य प्रशासन मन्त्रालयसमेत, निर्णय मिति २०७०।१।२९ नि.नं. ९००० मुद्दाः उत्प्रेषणयुक्त परमादेश, ने.का.प. २०७०, अंक ४, पृष्ठ ५८०) विपरीत मेरो जन्ममिति २०१२।८।२६ कायम गरी अवकाश प्राप्त गर्ने मिति परिवर्तन गरी अवकाश दिने निर्णयानुसार उक्त पत्र प्रेषित गरिएको रहेछ । मिति २०७२।२।२७ गतेको विपक्षी जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका नाममा प्रेषित उक्त पत्रमा म निवेदिका शारदा देवी पौडेल (क.स.नं. ८३५५९) लाई ५८ वर्ष पूरा हुने उमेर मिति २०७०।८।२५ हुने हुँदा सोही मिति देखि लागू हुने गरी अनिवार्य अवकाश दिनु हुन र नि.से.नि. २०५० को नियम १२९क(४) अनुसार मिति २०७०।८।२६ देखि मिति २०७१।८।१६ सम्म म निवेदिकाले लिए पाएको तलब, भत्ता, बिमा भत्ता लगायतका सुविधाहरूको जम्मा रकमसमेत उल्लेख गरी पठाई दिन र नियमानुसार पाउने निवृत्तिभरण रकमबाट कट्टा हुने भनी व्यहोरा उल्लेख रहेछ । |
| निर्णय वर्ष / मिति | 2073/05/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा |
| मुद्दा नं. | ०७१-WO-१०२४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9682 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
