नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9671 · वि.सं. २०७३

नि.नं. 9671 — परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

वैदेशिक रोजगार ऐन, २०६४ मा वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्नका लागि अनुमति दिनबाट रोक लगाउने व्यवस्था रहे भएको देखिँदैन । कुनै कानूनले कुनै पेसा वा व्यवसाय सञ्चालन गर्नमा कुनै किसिमको रोक वा प्रतिबन्ध नलगाएको स्थितिमा बिना कानूनी आधार कार्यकारी आदेश वा निर्णयका आधारमा मात्र नागरिकलार्इ संविधान र कानूनले प्रदान गरेको पेसा वा व्यवसाय सञ्चालन गर्न पाउने हकमा रोक लगाउन नमिल्ने । अनुमति राज्यका साधिकार निकायले विधिवत्‌रूपमा कम्पनी दर्ता गर्न अनुमति दिई धरौटी तथा बैंक ग्यारेन्टीसमेत माग गरेको र सबै प्रक्रिया पूरा गरिसकेपछि उपयुक्त निर्णय नगर्नुलाई कानूनी शासन अनुकूल मान्न नसकिने । वैदेशिक रोजगार ऐन, २०६४ को दफा ११(६) मा “ उपदफा (२) बमोजिम निवेदन जाँचबुझ गर्दा इजाजत पत्र दिन नमिल्ने भएमा विभागले कारणसहितको जानकारी इजाजत पत्र दिन नमिल्ने निर्णय भएको सात दिनभित्र निवेदकलार्इ दिनुपर्नेछ ” भन्ने पाइन्छ । सोबमोजिम निर्णय वा जानकारी भएको भन्ने पनि विपक्षीको लिखित जवाफ देखिँदैन । राज्यको वैदेशिक रोजगार विभाग तथा अन्य विभागहरू कानूनले तोकेबमोजिम आ-आफ्नो क्षेत्रका विशिष्ट काम गर्ने निकायहरू भएकोले सो निकाय एवं सोको पदाधिकारीले आफ्नो क्षेत्र तथा कर्तव्यमा जिम्मेवारीपूर्वक कार्य सम्पादन गर्नुपर्छ । वैदेशिक रोजगार विभागलाई "वैदेशिक रोजगार व्यवसाय सञ्चालनको इजाजत पत्र प्रदान, नवीकरण, कारवाही तथा संस्था खारेज गर्ने" लगायतका जो जे कार्यहरू गर्न अधिकार प्राप्त छ उक्त कार्यहरू संविधान र कानूनबमोजिम सम्पादन गरी कानूनबमोजिम पेसा व्यवसाय सञ्चालन गर्न खोजेको अवस्थामा सहजीकरण गर्नुको सट्टा अवरोध सिर्जना हुदा कानूनी शासन र जनआस्थामा असर पुग्न जाने र अस्वस्थ प्रतिस्पर्धालार्इ बढवा जाने अवस्थासमेत सिर्जना हुन जाने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9671
मुद्दाको विषयपरमादेश
निर्णय वर्ष / मिति2072/12/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोपाल पराजुली | माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय
मुद्दा नं.०७२-WO-०४४६ | ०६८-CI-१४१७
उद्धरण सन्दर्भने.का.प. २०७३, नि.नं. 9671
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्