सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ २८४ / ४४०

नि.नं. 3743वि.सं. २०४६संयुक्त इजलास

लेनदेन जालसाज

(१) सहिछाप गरेको देखिए पनि वास्तविक रुपमा लेनदेन नभएको देखिन आएबाट तमसुक बमोजिमको थैली भराई पाउँ भन्ने वादी दावा पुग्न नसक्ने । (प्रकरण नं. १५) (२) लेनदेन नै नभएकोमा लेनदेन भएको तमसुक खडा गरेको हुँदा जालसाजी गरेको हैन भन्न नसकिने । (प्रकरण नं. १६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3742वि.सं. २०४६संयुक्त इजलास

परमादेश

(१) कानुनले स्पष्ट व्यवस्था गरे मुताविक विद्युत लाईन काट्न मिल्ने नदेखिँदा निवेदकको घरको विद्युत लाइन काटिएको काम कारवाही गैरकानुनी देखिन आएबाट बदर हुने । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3741वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश जारी गरिपाउँ

(१) नक्कल सारी थाहा पाएपछि सो मितिले अञ्चल तथा जिल्ला अदालत नियमावली, २०३४ को नियम २६ बमोजिम ७ दिन भित्रै पुनः उजूरी दिएकोलाई हदम्याद भित्र परेको छैन भनी मान्न नमिल्ने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3740वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण लगायत जो चाहिने उपयुक्त आदेश जारी गरिपाउँ

(१) संस्थानमा कर्मचारीको नियुक्ति, बढुवा र सजायँ सम्बन्धी सामान्य सिद्धान्तको दफा ६.८.१ बमोजिम कारवाही गरी निवेदकलाई सेवाबाट हटाएको भन्ने कतैबाट देखिन नआएको स्थितिमा निवेदकलाई कानुन बमोजिम प्रशासनिक कारवाही गरी अवकाश दिएको भन्न नमिल्ने । (प्रकरण नं. ७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3739वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण

(१) पर्चा खडा गरी सो पर्चामा कारण समेत उल्लेख गरेको अवस्थामा निवेदकको जिकिर बमोजिम सफाईको मौका दिन पर्ने बाध्यात्मक व्यवस्था नदेखिएबाट निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3738वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण

(१) नि.से.नि. बमोजिम एक कार्यालयबाट सरुवा भई रवाना पत्र बुझेपछि सो कर्मचारी सरुवा भई जाने कार्यालयको मान्नु पर्ने र निजले सरुवा भएको कार्यालयमा पुग्ने बाटो म्याद पाउने भई सो अवधिको सुविधा सहुलियत पनि सोही सरुवा भई जाने कार्यालयबाटै पाउने हुन्छ, त्यस्तै कुनै पन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3737वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश जारी गरिपाउँ

(१) अवधि नकिटिएको सुविधाका हकमा यसै ऐन बमोजिमको सुविधा पाउने कानुनी व्यवस्था भएको देखिँदा निवेदक मिलले भारत निर्यात गरेको चामलमा लागेको अन्तःशुल्क फिर्ता दिनु पर्ने होइन औ.व्य. ऐन, २०३८ को दफा १०(ग)(५) बमोजिमको सुविधा निवेदक मिलले पाउने हैन भन्ने लिखितजवाफमा ल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3736वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण

(१) पत्रमा संशोधन निर्णय गर्दा रिट निवेदकलाई बुझी तथा सूचना जानकारी गराई आफ्नो भन्ने मौका समेत नदिई गरेको निर्णय प्राकृतिक न्याय सिद्धान्त (Natural Justice) प्रतिकूल हुने । (प्रकरण नं. १३) (२) संयुक्त इजलासबाट छैठौं पटकसम्म आदेश हुँदा पनि फाइल पठाउन नसकिने भन्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3735वि.सं. २०४६संयुक्त इजलास

दाखेल खारेज

(१) एकपटक आफ्नो भाग छुटाई कित्ताकाट गरिदिन मन्जूर भई कागज गरिसकेपछि अहिले आई कित्ताकाट गरिदिन मन्जूर छैन भन्न प्रमाण ऐन, २०३१ को दफा ३४ बमोजिम बिवन्धनको सिद्धान्तले नमिल्ने । (प्रकरण नं. १४) (२) कानुन बमोजिम गरी लिखत राजीनामा बमोजिम जग्गा भोग चलन भइरहेको स्थित…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3734वि.सं. २०४६संयुक्त इजलास

प्राचीन मूर्ति चोरी

(१) प्राचीन मूर्तिहरुको स्थानान्तरणमा प्राचीन स्मारक संरक्षण ऐन नै लागू हुने । (प्रकरण नं. १५) (२) एकै वारदातमा २ ऐन अन्तर्गत सजायँ गर्न नमिल्ने । (प्रकरण नं. १६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3733वि.सं. २०४६संयुक्त इजलास

बाली

(१) जग्गा मिच्नेको १८ नं. ले केवल जग्गा मुद्दाको जरियाबाट उठान भएको मुद्दामा मात्र बाली भराउन हदम्यादको व्यवस्था गरेको तर लिखत बदर मुद्दाबाट बाली भराउने सम्बन्धमा सो कानुनी व्यवस्था प्रयोग हुन गर्न न्यायसंगत नभएकोबाट वादी दावी कानुन अनुकूल मान्न नमिल्ने । (प्र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3732वि.सं. २०४६संयुक्त इजलास

कर्तव्य ज्यान

(१) कर्तव्य ज्यान जस्तो जघन्य संगीन प्रकृतिको अपराधमा दावी प्रमाणित गर्ने प्रमाणको भार वादी पक्षको नै रहन जाने । (प्रकरण नं. २१)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3731वि.सं. २०४६संयुक्त इजलास

परमादेशयुक्त उत्प्रेषण

(१) कुनै संस्थानलाई चलाउन कुनै कानुन बमोजिम स्वीकृति दिने र कानुन बमोजिम संस्थालाई संस्थापित गर्ने दुई अलग अलग कुरा हुन । (प्रकरण नं. ८) (२) कानुनी व्यक्तित्व प्राप्त गर्नको लागि कुनै पनि संघ वा जनसमूह कानुन बमोजिम संस्थापित भएको हुन आवश्यक नहुने । (प्रकरण नं.…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3729वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) दुवै निवेदनपत्रहरु रिट निवेदकले नै लेखेको हो होइन भनी निवेदकलाई प्रतिवाद गर्ने मौका दिइनु पर्ने तर प्राकृतिक न्याय सिद्धान्त विपरीत यी रिट निवेदकको लेखापढीको प्रमाणपत्र खारेज गर्ने गरेको जिल्ला अदालतको निर्णय त्रुटि भई मिलेको नदेखिँदा सो निर्णय उत्प्रेषणको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3728वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण

(१) गाउँ पञ्चायत ऐन, २०१८ को दफा ४१(८) मा भइरहेको व्यवस्था संशोधन भई उक्त संशोधित दफा ४१(८) ले गाउँ न्याय समितिको निर्णयमा चित्त नबुझ्ने व्यक्तिले पैंतिस दिनभित्र जिल्ला अदालतमा उजूर गर्न सक्नेछ भन्ने व्यवस्था गरेकोबाट गाउँ पञ्चायत न्याय समितिले निर्णय गरे उपर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3727वि.सं. २०४६

विध्वंसात्मक अपराध

(१) विध्वंसात्मक अपराध (विशेष नियन्त्रण तथा सजायँ) ऐन, २०४२ को दफा ११(२) मा प्रचलित नेपाल कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुनुभन्दा अघि घटेको तर तत्काल प्रचलित नेपाल कानुन बमोजिम अदालतमा मुद्दा दायर भई नसकेको कुनै विध्वंसात्मक अपराध सम्बन्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3726वि.सं. २०४६पूर्ण इजलास

उत्प्रेषण

(१) कानुनी आधार बिना गठन गरिएको समितिलाई कानुनी अधिकार प्राप्त समिति भन्न नमिल्ने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3725वि.सं. २०४६पूर्ण इजलास

ज्यान सम्बन्धी

(१) एकजनाले गरेको करणीबाट मात्र मृत्यु हुन नसक्ने भनी जिकिर लिएतर्फ विचार गर्दा योनी वरिपरी रौ नआएको, स्तन भर्खर आउनु शुरु मात्र भएको अवस्थाकी केटीलाई लाश प्रकृति मुचुल्कामा देखिएको अवस्था समेतलाई विचार गर्दा जबरजस्तीसंग करणी गर्दा मृत्यु हुन नसक्ने भन्न नमिल्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3724वि.सं. २०४६पूर्ण इजलास

जबरजस्ती करणी

(१) जाहेरवालीको मृत्यु भएकोले आफ्नो जाहेरी व्यहोरा अदालतमा समर्थन गर्न नसकेको कारणबाट मात्र किटानी जाहेरीको व्यहोरा असत्य भन्न नमिल्ने । (प्रकरण नं. २८) (२) २–३ वर्ष अघिको मोहियानी सम्बन्धी सानो विवादलाई लिएर आफ्नो अगाडि आफ्नो श्रीमतीलाई ३ जना मिलेर पालै पालो…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3723वि.सं. २०४६पूर्ण इजलास

उत्प्रेषण

(१) मालपोत कार्यालयको प्रशासनिक भूलले निवेदकको नाउँमा दाखेल खारेज गरिएकोमा पछिबाट सामान्य भूललाई आफैं सच्याई गरेको कार्यलाई त्रुटिपूर्ण भन्न नमिल्ने । (प्रकरण नं. १५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3721वि.सं. २०४६पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) कुनै व्यक्तिको नाममा नापी नभएको तथा वन जंगलमा समेत नापी नभई नापी नक्शा नै हुन छूट भएको जग्गा सम्मलाई छूट दर्ता गराई माग्न सकिने । (प्रकरण नं. ११) (२) विवादित जग्गा वन जंगल कायम भएको र सो बदर नभएको अवस्थामा दर्ता हुन नसक्ने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3720वि.सं. २०४६पूर्ण इजलास

लिखत दर्ता बदर

(१) कुनै कामको लागि अख्तियार दिएकोमा अख्तियारनामा दिने व्यक्तिको मृत्यु भएपछि सो अख्तियारनामा स्वतः निस्कृय हुने । (प्रकरण नं. १३) (२) अख्तियारनामा दिने व्यक्तिको जीवनकालसम्म मात्रै अख्तियारनामा प्रभावकारी हुने, मरी सकेपछि निजको अख्तियारनामाको आधारमा लिखत गरी…

नजिर सार पढ्नुहोस् →