सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ २८५ / ४४०

नि.नं. 3719वि.सं. २०४६पूर्ण इजलास

उत्प्रेषण

(१) भूमिसम्बन्धी ऐन, २०२१ एउटा विशेष ऐन हो र यसमा प्रयुक्त शब्दहरुलाई ऐनको मर्म विपरीत हुने गरी अन्य प्रचलित नेपाल कानुनमा प्रयुक्त अर्थ अनुसार व्याख्या गर्नु पर्दछ भन्न नमिल्ने । (प्रकरण नं. १३) (२) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ६३ मा यो ऐन र यस अन्तर्गत बनेका…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3718वि.सं. २०४६पूर्ण इजलास

बन्धकी निखनाई पाउँ

(१) खाली मुखकै भरमा एकाका नाममा दर्ता रहेको भनी आफैंले स्वीकारेकाले जग्गामा प्रतिवादीहरुको हक भएको भन्न कानुनले नमिल्ने । (प्रकरण नं. १६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3717वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण

(१) कुनै पनि सजायँ कानुनको परिधिभित्र रहेर मात्र गरिनु पर्दछ, कानुनको परिधि नाघेर गरिएको सजायँलाई मनासिब भन्न नमिल्ने । (प्रकरण नं. १०) (२) भ्र.नि. ऐन अन्तर्गतको कसूर सम्बन्धमा मात्र वि.प्र.वि.लाई राजपत्र अनड्ढित कर्मचारीको सम्बन्धमा विभागीय कारवाई गर्ने अधिका…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3716वि.सं. २०४६संयुक्त इजलास

कर्तव्य ज्यान

(१) रक्सी खाई माती दुःख दिने, घरबाट निक्ली जा भन्ने समेतबाट लोग्नेलाई मारेको, अपराधको प्रकृती हेर्दा लोग्नेलाई मार्नु पर्ने सम्मको रिसइवी मनसाय अरु भएको मिसिलबाट नदेखिने, यस्तो स्थितिमा सर्वस्वसहित जन्मकैदको सजायँ गर्दा चर्को पर्न जाने देखिएकोले १० वर्ष मात्र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3715वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण

(१) अधिकार प्राप्त भू.सु.का. मा विचाराधीन रही रहेको मोही नामसारी सम्बन्धी विवादमा गाउँ पञ्चायतमा मिलापत्र गर्न कानुनन् नमिल्ने । (प्रकरण नं. ११) (२) अधिकार क्षेत्र नभएको विषयमा अधिकार क्षेत्र ग्रहण गरी गरिएको कारवाही मुलुकी ऐन अ.बं. ३५ नं. प्रतिकूल हुन गई बदर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3714वि.सं. २०४६संयुक्त इजलास

दर्ता बदर हक कायम

(१) न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १५ मा पुनरावेदन हेर्ने र साधक जाँच्ने अदालतको अधिकार शीर्षक अन्तर्गत यो ऐन र अन्य प्रचलित नेपाल कानुनको अधिनमा रही पुनरावेदन सुन्ने र साधक जाँच्ने अदालतको अधिकार देहाय बमोजिम हुने छ भनी खण्ड (घ) मा आफैले बढी सबूद बुझ्ने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3713वि.सं. २०४६संयुक्त इजलास

लेनदेन

(१) जग्गा लेनदेनको प्रयोजनको लागि वादीले प्रतिवादीलाई रु. ६५,०००।– अग्रिम बैना दिएको र यदि ६ महिनाभित्र पास नभएमा वादीले आफ्नो रकमको साँवा ब्याज कपाली सरह असूल गर्नु भने तापनि उक्त लिखतको अन्तमा पुनः “यो बैना कागज गरिदिएँ” भनी उल्लेख छ भने अब कपाली सरह भन्ने ठ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3712वि.सं. २०४६संयुक्त इजलास

हक कायम

(१) अदालतबाट घोषणा गरिएको हक निर्विवाद रुपले आफ्नो बनाउन सो हक प्रति सचेत हुनुपर्ने दायित्व सम्बन्धित पक्षको नै हुन आउने । (प्रकरण नं. १४) (२) कुनै पनि फैसला कार्यान्वयन नगराइदा सो फैसलाको औचित्य निश्चित समयभित्र समाप्त हुने देखिन्छ भने त्यस्तो फैसला कार्यान्व…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3711वि.सं. २०४६संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

(१) वडा नं. १ को वतनको व्यक्तिलाई वडा नं. ५ मा म्याद तामेल भएकोलाई रीतपूर्वक म्याद तामेल भएको मान्न नमिल्ने, यस्तोमा मुद्दामा प्रतिवाद गर्ने मौकाबाट बन्चित भएको नै मान्नु पर्ने । (प्रकरण नं. ७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3710वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण

(१) अधिकार राख्नेले सो अधिकार प्रयोग गर्न पाउँदैन भनी भन्न नमिल्ने । (प्रकरण नं. ११) (२) निलम्बन केही समयको लागि हो भनेकोमा त्यो अनिश्चित कालका लागि हो भन्ने अर्थ गर्नु र अदालतले मुद्दाको म्याद तोके जस्तो गरी अवधि तोक्न पर्ने भन्न नमिल्ने । (प्रकरण नं. ११) (३)…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3709वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण

(१) श्री ५ को सरकारबाट सञ्चालन हुने हेल्थपोष्टका लागि प्रचलित कानुन बमोजिम श्री ५ को सरकारले जग्गा प्राप्त गर्ने हुँदा हेल्थपोष्टका लागि गाउँ पञ्चायतले जग्गा प्राप्त गरिदिने होइन (प्रकरण नं. ८) (२) गाउँ पञ्चायतले गाउँ पञ्चायत ऐन, २०१८ को दफा ३० (क) अनुसार जग्ग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3708वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण

(१) कुनै सफाईको मोका नै नदिई तथा पर्चा समेत खडा नगरी अवकाश दिने गरी गरेको निर्णय र सो अवकाश सम्बन्धी पत्र तथा सो निर्णयलाई समर्थन गर्ने भएको पुनरावेदन निर्णय समेत कानुन प्रतिकूल देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3707वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण

(१) लिखतमा साक्षी बसी सकेकोले लिखतको सम्बन्धमा दावी गर्ने हक नरहने । (प्रकरण नं. १०) (२) आफ्नो हकको जग्गा बिक्री भएको भए सो कुरा थाहा भएपछि लिखत बदरमा उजूर गरी आफ्नो हक जति बदर गराउन सक्नु पर्ने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3706वि.सं. २०४६संयुक्त इजलास

परमादेश मिश्रित उत्प्रेषण

(१) तयार भइसकेको तेल आयात गर्दा १ प्रतिशत लाग्नेमा तेल बनाउने कच्चा पदार्थमा सो भन्दा बढी दस्तूर लाग्ने व्यवस्था भएको नदेखिने । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3705वि.सं. २०४६संयुक्त इजलास

बकसपत्र बदर

(१) आफूखुस गर्न पाउने बाहेक अरुमा अंशियारा वा हक पुग्नेको मन्जूरीको लिखत नलिई अथवा साक्षी नराखी बकस दिएको सदर नहुने । (प्रकरण नं. १५) (२) एकाघर भन्नाले एकासगोलको भन्ने बुझिने । (प्रकरण नं. १५) (३) उमेर पुगेका अंशियारा छोराको मन्जूरी लिई बकसपत्र दिएको नदेखिँदा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3704वि.सं. २०४६संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

(१) खानी ऐन विपरीत काम गरेको भन्ने कसूरमा खानी ऐन बमोजिम कारवाही हुन पर्नेमा सो बमोजिम कारवाही गरेको नभई वन संरक्षण (विशेष व्यवस्था) ऐन बमोजिम कारवाही गरी थुनामा राखेको मिल्ने नदेखिने । (प्रकरण नं. १०) (२) थुनामा राख्न पाउने अधिकारीले थुनामा राख्दा जस्ले थुनाम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3703वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण

(१) विशेष अवस्थामा सफाईको सबूद पेश गर्ने अवसरबाट बन्चित गर्ने प्रयोजनका लागि नियम ६(२) बमोजिम पर्चा खडा गरी सजायँ गर्न सकिने देखिन्छ तर यसबाट उचित र पर्याप्त कारण बिना नै पर्चा खडा गरी सजायँ गर्न नमिल्ने । (प्रकरण नं. १३) (२) मौका दिँदा अव्यवहारिक हुने भन्नलाई…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3702वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण

(१) लोकसेवा आयोग (कार्यविधि) नियमहरू, २०२७ को नियम १०(२) ले कुनै पनि योग्यताको स्तर सम्बन्धमा विवाद उठेमा मात्र लोकसेवा आयोगले स्तर निर्धारण गर्न पाउने अधिकार लोकसेवा आयोगलाई भएको पाइने । (प्रकरण नं. ९) (२) एकपटक त्रिभुवन विश्वविद्यालयले स्तर निर्धारण गरी सकेक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3701वि.सं. २०४६संयुक्त इजलास

खाना खर्च

(१) अंश लिई भिन्न बसेकी स्वास्नीले पालन पोषण गरेको छोरीको खर्च बाबुले व्यहोर्नु नपर्ने भन्न नमिल्ने । (प्रकरण नं. १६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3700वि.सं. २०४६संयुक्त इजलास

अंश

(१) एकासगोलै रहे बसेको अवस्थामा पटक पटक गरी खरीद गरेको जग्गामा खरीद गरी लिएको लिखतमा दाइजो पेवा भन्ने उल्लेख भएकै आधार प्रमाणबाट मात्र सो सम्पत्ति वादीको एकलौटी भन्न सकिने अवस्था नआउने । (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3699वि.सं. २०४६संयुक्त इजलास

बेइज्जती

(१) वादीले क्षतिपूर्ति भराई पाउँ भनी गाली बेइज्जती ऐन, २०१६ को दफा १२ अनुसार दावी लिएकोमा क्षतिपूर्ति भराई दिनु नपर्ने कुराको कुनै आधार फैसलामा देखाउन नसकेकोले प्रतिवादी कसूरदार ठहर भएपछि निजबाट क्षतिपूर्ति भरी पाउँदैन भन्न न्यायको दृष्टिमा मिल्ने नदेखिने । (प…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3698वि.सं. २०४६संयुक्त इजलास

लिखत बदर

(१) बन्देजी मिलापत्रको सम्बन्धमा करकाप मुद्दा परी करकाप नठहरी सो मिलापत्र कायमै रहेको स्थितिमा एकासगोलको मान्न नमिल्ने । (प्रकरण नं. १३) (२) बेगल भई आफू खुस गर्न पाउने जग्गा विक्री गरेकोमा सो लिखत बदर हुन नसक्ने । (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3697वि.सं. २०४६संयुक्त इजलास

कर्तव्य ज्यान

(१) चिकित्सकको प्रमाणलाई अकाट्य मान्नु पर्ने हुँदैन, अन्य सबूद प्रमाणको दाँजोमा मूल्यांकन गर्नुपर्ने, पुनरावेदक विरामी भई उपचार गराएको भन्ने अवस्था देखिँदैन, यस स्थितिमा प्रतिवादीले पेश गरेको चिकित्सकको प्रमाणपत्र विश्वसनीय नदेखिने । (प्रकरण नं. २०) (२) यस यसल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3696वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण

(१) कानुन बमोजिम सम्पूर्ण निर्वाचन बदर गराई माग्ने अथवा निर्वाचित घोषित गराई पाउँ भनी प्रष्ट दावी लिनुपर्ने कानुनी व्यवस्था भएकोमा दुवै कुराको दावी गर्नु कानुनसंगत नदेखिने । (प्रकरण नं. १०) (२) निर्वाचन विशेष अदालतमा सम्बन्धित जिल्ला न्यायाधीशलाई तोकेकोमा अतिर…

नजिर सार पढ्नुहोस् →