नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3719 · वि.सं. २०४६

नि.नं. 3719 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) भूमिसम्बन्धी ऐन, २०२१ एउटा विशेष ऐन हो र यसमा प्रयुक्त शब्दहरुलाई ऐनको मर्म विपरीत हुने गरी अन्य प्रचलित नेपाल कानुनमा प्रयुक्त अर्थ अनुसार व्याख्या गर्नु पर्दछ भन्न नमिल्ने । (प्रकरण नं. १३) (२) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ६३ मा यो ऐन र यस अन्तर्गत बनेका नियमहरुमा लेखिएकोमा सोही बमोजिम र अरुमा प्रचलित नेपाल कानुन बमोजिम हुने भन्ने उल्लेख भएबाट भूमिसम्बन्धी ऐन, २०२१ मा प्रयुक्त शब्दहरुको व्याख्या गर्दा उक्त ऐनमा भएको व्यवस्था अनुकूल व्याख्या गरिनु पर्ने । (प्रकरण नं. १३) (३) भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा प्रयोग भएको छोराहरु शब्द भित्र कानुन व्याख्या सम्बन्धी ऐनको दफा २(म) मा गरिएको परिभाषा अनिवार्य रुपमा अवलम्बन गरिनु पर्दछ भन्न नमिल्ने । (प्रकरण नं. १३) (४) एकै साथ द्वैध अस्तित्व राख्न सक्ने स्थितिको धर्मपुत्रलाई धर्म पिता तर्फको मोही हक सर्न सक्ने भन्ने प्रष्ट कानुनी व्यवस्थाको अभावमा मोही हक पाउँछ नै भनी व्याख्या गर्न नमिल्ने । (प्रकरण नं. १४) (५) मोहियानी हकलाई अन्य प्रचलित कानुनमा व्यवस्था गरिएको अंश र अपुतालीको हक जस्तो एउटा पूर्ण अधिकारको रुपमा लिन नमिल्ने । (प्रकरण नं. १४) (६) मोही हक अंश बण्डा बेचविखन वा अन्य कुनै पनि तरिकाबाट हक टुटाई लिन नपाइने । (प्रकरण नं. १४) (७) अंश र अपुतालीको सन्दर्भमा समान स्थितिका हकदारहरुको समान अधिकार र दायित्व रहन्छ भने मोहियानी हकको सम्बन्धमा यस्तोमा समान हक अधिकार र दायित्व नरहने । (प्रकरण नं. १४) (८) मोही मरेमा निजको मोहियानी हक निजका पति पत्नी वा छोराहरु सबैको समान हक नरहने यो अविभाजित हुने । (प्रकरण नं. १४) (९) मोहियानी हक अंश अपुताली झै स्वतः प्राप्त हुने निर्विवाद हक हो भनी भन्न नमिल्ने । (प्रकरण नं. १४) (१०) आफ्नै विर्यबाट जन्मेका सबै छोराहरुले समान रुपमा हक प्राप्त गर्न नसक्ने स्थितिको मोहियानी हक केबल धर्मपुत्र भएका नाताले अंश अपुतालीमा झै धर्म पिता तर्फको मोही हक प्राप्त हुन नसक्ने अवस्थालाई समानताको हक विपरीत भनी तर्क गर्न नमिल्ने । (प्रकरण नं. १४) (११) कानुन व्याख्या सम्बन्धी ऐन, २०१० व्याख्याको जटिलतालाई हटाउन मद्दत गर्न एउटा साधारण ऐन हो विशेष ऐनमा भएको विशेष व्यवस्थालाई नेपाल कानुन व्याख्या सम्बन्धी ऐन, २०१० ले काट्न नसक्ने । (प्रकरण नं. १४) (१२) मोहियानी हक भनेको कानुनले तोके बमोजिम जग्गावालाको हित विपरीत नहुने गरी आफ्नो र आफ्नो परिवारबाट कमाउने सम्मको हक हो । (प्रकरण नं. १४) (१३) जग्गा कमाउने मोही मरे पनि निजको सो कमाउने हक आफ्नो परिवारकै सदस्यहस्रु बीच रहोस् भन्ने मनसायले विधायिकाले मोहीको मृत्युपछि निजको मोहियानी हक निजका पति पत्नी वा छोराहरु मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुने भनी व्यवस्था गरिराखेको पाइने । (प्रकरण नं. १४) (१४) भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा पति पत्नी वा छोराहरु भनी परिवार भित्रको अति नजिकको नातालाई संकेत गरेको देखिने । (प्रकरण नं. १४) (१५) आफ्नै विर्य वा रगतको नाता भएको आफ्नै बंश परम्परालाई अटुट रुपमा चलाउँदै लैजाने आफ्नै छोरा तर्फको आफ्नो नाती वा आफ्नै छोरा तर्फको सम्पूर्ण हक अधिकारको उत्तराधिकारको हैसियत राख्ने बुहारी वा नातीलाई समेत मोही हकबाट बाहिर गरेको स्थितिमा अर्काको रगत विर्यबाट पैदा भएको ग्रहण गरिएको धर्मपुत्रलाई मोही हकाधिकार दिने भन्ने विधायिकाको मनसाय रहेको नदेखिने । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3719
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2046/02/05
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय । | माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधानको राय भई मिति २०४३।४।१३ मा निर्णय भएको रहेछ । | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय मनासिब ठहर्छ भन्ने समेत मिति २०४३।११।५ को सर्वोच्च अदालत पूर्ण इजलासको निर्णय । | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधानको राय
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3719
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्