सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ २८३ / ४४०

नि.नं. 3767वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण

(१) कुनै पनि अधिकार प्राप्त अधिकारीले आफूलाई दिएको अख्तियारी कानुनले निर्दिष्ट गरेको प्रक्रिया अनुसार पूरा गर्नु पर्ने । (प्रकरण नं. ९) (२) स्पष्टीकरण माग गर्दा एक विषयको सजायँ प्रस्तावित गरी अर्को सजायँ गर्न सिद्धान्ततः नमिल्ने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3766वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण

(१) निर्वाचित उम्मेदवारको निर्वाचन बदर हुने गरी फैसला गर्दा उजूरवालाले उजूर गरेको कुरा सावित भए वा नभएको र सावित भएको भए कुन कुरा कसरी सावित भएको हो भन्ने कुरा फैसलामा स्पष्ट रुपमा उल्लेख गर्नुपर्छ भनी निर्वाचन (अपराध तथा सजायँ) ऐन, २०२४ को दफा १४(४) मा बाध्या…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3765वि.सं. २०४६संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

(१) जिल्ला कार्यालयको लिखितजवाफबाट निवेदकले लागू औषधको कारोबार गरी समाजमा विकृति फैलाउन सक्ने भएको भन्दै सा.सु. ऐन प्रयोग गरेको भन्ने देखिएको छ, लागू औषध मुद्दामा सफाई पाइसकेको स्थितिमा सोही कारणलाई आधार लिएर सार्वजनिक सुरक्षा ऐनको प्रयोग गर्नु ऐनको मनसाय प्रत…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3764वि.सं. २०४६संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

(१) विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ बमोजिम ९ महीना कैद भइसकेपछि पुनः भन्सार ऐन, २०१९ बमोजिम भएको सो भन्दा घटी कैद थप गर्न नमिल्ने । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3763वि.सं. २०४६संयुक्त इजलास

बाली

(१) विवादित जग्गा वादीको छोराको नाउँमा दर्ता भइसकेको देखिएको स्थितिमा वादीले प्रतिवादीबाट बाली भराई पाउने, हकदैया पुग्न नसक्ने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3762वि.सं. २०४६संयुक्त इजलास

अंश

(१) छुट्टी भिन्न भई अलग अलग रहेको प्रत्यक्ष प्रमाणको सही मूल्याड्ढन नगरी केवल मानो छुट्टिएको सम्म भन्ने अर्थ लगाई वादी दावी बमोजिम वादीलाई अंश पाउने ठहर गरेको इन्साफ त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3761वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण

(१) स्थानीय पञ्चायत (निर्वाचन कार्यविधि) ऐन, २०२५ को दफा २२ मा विशेष परिस्थितिको अवस्थामा मत वा मतपत्र बदर हुने भन्ने व्यवस्था भएको नपाइने । (प्रकरण नं. १७) (२) उल्लेख भएभन्दा अलग अवस्था देखाई मतपत्र बदर गरेको र त्यस मतपत्र सम्बन्धमा कुनै विचार गरिरहनु पर्ने द…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3760वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण

(१) निवेदिकालाई दिएको नियुक्तिपत्रमा उल्लेख भएको अवधि भित्र तपाईको काम सन्तोषजनक नभएमा स्थायीको लागि कारवाही गरिने छैन भन्ने वाक्यांशले परीक्षणकाल समाप्त भएपछि स्वतः स्थायी पद मानिने भनी अथ्र्याउन मिल्ने नदेखिने । (प्रकरण नं. ७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3759वि.सं. २०४६संयुक्त इजलास

जालसाजी

(१) हस्तान्तरण गरेको कुरा अंश मुद्दा दायर भई प्रत्यवादी परेपछि मात्र खुल्न आउँछ भने सो भन्दा अघि सो कुरा वादीलाई जानकारी नहुनु अस्वाभाविक भन्न मिल्ने देखिन्न । यस्तो स्थिति र अवस्थामा लिखत भएको मितिबाट हदम्यादको गणना गर्दा वास्तविक रुपबाट न्यायिक दृष्टिले लापर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3758वि.सं. २०४६संयुक्त इजलास

जिऊ मास्ने बेच्ने

(१) प्रतिवादीको साक्षीले बेच्न भारत लगेको होइन भनी बकपत्र गरेको छ तर नेपाल भारत बोर्डर नजिक प्रहरीद्वारा पक्राउ भएको समेत कारणबाट उक्त साक्षीहरुको बकाई विश्वासप्रद देखिँदैन, प्रतिवादीलाई झिकाइएकोमा तामेल भएको म्यादमा हाजिर नभई गुजारी बसेको देखिने स्थितिमा निज…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3757वि.सं. २०४६संयुक्त इजलास

कर्तव्य ज्यान

(१) छोरासंग लसपस गरेको भनी बकवास गरी हल्ला फैलाएको भन्ने कुराको रिसमा मर्नेलाई कुटपिट गरी मारेको भन्ने देखिँदा यस्तोमा अपराध गरेको अवस्थाको विचारबाट प्रतिवादीलाई ज्यान सम्बन्धीको १३ नं. को देहाय (३) बमोजिम सर्वश्वसहित जन्मकैद सजायँ गर्दा चर्का पर्ने देखिँदा प्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3756वि.सं. २०४६संयुक्त इजलास

ज्यान

(१) जन्मिएको बच्चाको नाल काटी बाँध्नु पर्नेमा नबाँधेको कारणबाट रक्तश्राव भई बच्चाको मृत्यु हुन गएको भन्ने देखिँदा मार्ने नियतबाट त्यस प्रकारको क्रिया गरेको भन्ने मिसिल प्रमाणबाट नदेखिने, केवल होस नपुर्‍याई नाल बाँधी नदिएको कारणबाट जातक बच्चीको मृत्यु हुन गएको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3755वि.सं. २०४६संयुक्त इजलास

कुटपिट

(१) साक्षीको भनाई तथा अस्पतालको घा जाँच रिपोर्ट र एक्स–रे रिपोर्टबाट समेत कुटपिट वारदात भएको भन्ने कुरा पुष्ट्याई भइरहेको देखिँदा कुटपिटको वारदात नै भएको हैन भन्ने प्रतिवादीहरुका साक्षीहरुको बकपत्र विश्वासलायक नदेखिने । (प्रकरण नं. १३) (२) प्रतिवादीले बचन दिएक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3754वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

(१) विकेन्द्रीकरण ऐन, २०३९ को दफा २९ को उपदफा (४) बमोजिम नगरपञ्चायतका प्रधानपञ्चले आफूमा भएको अधिकार सम्बन्धित पञ्चायतको सदस्य वा सचिवलाई सुम्पन सक्ने कानुनी व्यवस्था भएको पाइन्छ सो व्यवस्था अनुसार नगरपञ्चायतका कार्यवाहक प्रधानपञ्चले सम्बन्धित नगरपञ्चायतका सदस…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3753वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण मिश्रित परमादेश लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

(१) ऐन नियमले दिएको अधिकार मात्र प्रयोग गरी पत्रिकाको प्रकाशन रोक्नु पर्ने । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3752वि.सं. २०४६पूर्ण इजलास

अंश नाता कायम

(१) मतदाता नामावली र पारिवारिक लगत विवरण समेतबाट लोग्ने स्वास्नी देखिनुको साथै सो कुरालाई साक्षीहरुको बकपत्र समेतबाट पुष्ट्याई भइरहेको अवस्थामा अन्य भन्न नमिल्ने । (प्रकरण नं. १४) (२) राजीनामाको लिखतमा ३ पुस्ते सम्म खुलाउने कानुनी व्यवस्था भएको, पति वा पत्नीको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3751वि.सं. २०४६पूर्ण इजलास

करार बमोजिम रुपैयाँ दिलाई पाउँ

(१) करारले ठेक्का सम्बन्धी विषयमा कुनै उजूर बाजुर नगर्ने भनी इंगित गरेकोले ठेक्का समाप्त भइसकेपछि यसले ठेक्का सम्बन्धित हकमा बाधा विरोध गरेको भनी मान्न मिलेन, ठेक्का नै समाप्त भइसकेको अवस्थामा ठेक्का सम्बन्धी हकमा बाधा विरोध भयो भनी अञ्चल अदालतमा नालिश गर्नु प…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3750वि.सं. २०४६पूर्ण इजलास

उत्प्रेषण

(१) जुन जग्गाको बाली जग्गाधनीका भाइ समेतले लुटपिट गरेको भन्ने ठहर भएको स्थितिमा सोही जग्गाको बाली नबुझाएको भनी मोही निष्काशन गर्नु न्यायोचित नदेखिने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3749वि.सं. २०४६संयुक्त इजलास

जग्गा खिचोला

(१) सर्वोच्च अदालतमा अनुमतिको माध्यमबाट प्रवेश गर्न नमिल्नेमा अनुमति पाई पुनरावेदनको रुप धारण गरिसके तापनि जुन मुद्दामा अनुमतिको प्रश्नमा नै विचार गर्न मिल्दैन, त्यस्तो अवस्थाको पुनरावेदनमा विचार गरिरहन नपर्ने । (प्रकरण नं. १३) (२) पुनरावेदन सम्बन्धी व्यवस्था…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3748वि.सं. २०४६

कर्तव्य ज्यान

(१) आफूमाथि हमला गर्नेसित चक्कु खोसी सकेर पनि फेरि सोही चक्कु प्रहार गरेको देखिन आएकोले यस्तो अवस्थामा अभियुक्तलाई ५ वर्ष मात्र कैद गर्ने भनी व्यक्त गरेको राय मनासिब देखिन नआउने तर पूर्व योजनाबाट वारदात भएको नदेखिई मृतककै कारणबाट सो वारदात घट्न गएको देखिन आएको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3747वि.सं. २०४६

उत्प्रेषणयुक्त परमादेश

(१) चलचित्रको केही भाग मात्र कलाकारहरुको नेपाली भाषाको अज्ञानताले गर्दा डविंग भएको चलचित्रलाई विदेशमा निर्माण भएको मान्न नमिल्ने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3746वि.सं. २०४६संयुक्त इजलास

खुन डाँका

(१) ज्यानसम्बन्धीको १३ नं. अन्तर्गतको दावी नलिई मुख्य अभियुक्त को हो भन्ने ठहर गर्न नसकिनेमा ऐ. का १७(१) नं. बमोजिम अभियुक्तहरुलाई सजायँ गर्ने प्रहरी प्रतिवेदन माग दावी नमिल्ने । (प्रकरण नं. १७) (२) ज्यान सम्बन्धीको १७(१) नं. बमोजिम सजायँ गर्ने माग दावी भएकोमा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3745वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण

(१) विज्ञापन गरिएको पद प्राविधिक भएकोले प्राविधिक कामको लागि चाहिने प्राविधिक योग्यताको माग गरेको विज्ञापन उचित होइन भन्न नसकिने । (प्रकरण नं. ११) (२) विज्ञापन गर्दा चाहिने योग्यता सम्बन्धमा त्रुटि भएमा सच्याउन नपाइने भन्न नमिल्ने । (प्रकरण नं. ११) (३) विज्ञाप…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3744वि.सं. २०४६संयुक्त इजलास

भाडा दिलाई घर खाली, जालसाज

(१) कुनै पनि हक हस्तान्तरण गरिएको घर पारित छैन भन्ने अधिकार घरको दातालाई मात्र हुन्छ, त्यस्तो हक अधिकारको विषयमा प्रश्न उठाई आउने र अर्काको जग्गामा घर बनाउन स्वीकृतिसम्म नलिई मैले सो घर बनाएको हुँ भन्ने दावी लिने व्यक्तिलाई सो सम्बन्धमा विवाद उठाउने अधिकार नहु…

नजिर सार पढ्नुहोस् →