नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3752 · वि.सं. २०४६
नि.नं. 3752 — अंश नाता कायम
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) मतदाता नामावली र पारिवारिक लगत विवरण समेतबाट लोग्ने स्वास्नी देखिनुको साथै सो कुरालाई साक्षीहरुको बकपत्र समेतबाट पुष्ट्याई भइरहेको अवस्थामा अन्य भन्न नमिल्ने । (प्रकरण नं. १४) (२) राजीनामाको लिखतमा ३ पुस्ते सम्म खुलाउने कानुनी व्यवस्था भएको, पति वा पत्नीको नाम खुलाउनु पर्ने बाध्यात्मक व्यवस्था नभएकोमा निजहरु बीच भएको लिखतमा पतिको नाम नखुलाएकै कारणबाट निजहरु लोग्ने स्वास्नी होइन भनी ठहर गर्न न्यायोचित नदेखिने । (प्रकरण नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3752 |
|---|---|
| मुद्दाको विषय | अंश नाता कायम |
| निर्णय वर्ष / मिति | 2046/03/06 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४६, नि.नं. 3752 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
