नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3746 · वि.सं. २०४६
नि.नं. 3746 — खुन डाँका
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) ज्यानसम्बन्धीको १३ नं. अन्तर्गतको दावी नलिई मुख्य अभियुक्त को हो भन्ने ठहर गर्न नसकिनेमा ऐ. का १७(१) नं. बमोजिम अभियुक्तहरुलाई सजायँ गर्ने प्रहरी प्रतिवेदन माग दावी नमिल्ने । (प्रकरण नं. १७) (२) ज्यान सम्बन्धीको १७(१) नं. बमोजिम सजायँ गर्ने माग दावी भएकोमा सो नै कायम हुन नसकेको स्थितिमा अभियुक्तहरु वारदात स्थलमा गएको तथा वारदात भएको भन्ने देखिन आएन, खुन वारदात पश्चात डाँका पनि भयो होला की भन्न पनि दशीको समेत अभाव रहेको तथा घटनास्थल प्रकृति मुचुल्का, सरजमीन समेतबाट डाँका वारदात भएको पत्यारलायक नदेखिँदा डाँका गरेको समेत नठहर्ने । (प्रकरण नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3746 |
|---|---|
| मुद्दाको विषय | खुन डाँका |
| निर्णय वर्ष / मिति | 2045/11/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४६, नि.नं. 3746 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
