नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3765 · वि.सं. २०४६

नि.नं. 3765 — बन्दीप्रत्यक्षीकरण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) जिल्ला कार्यालयको लिखितजवाफबाट निवेदकले लागू औषधको कारोबार गरी समाजमा विकृति फैलाउन सक्ने भएको भन्दै सा.सु. ऐन प्रयोग गरेको भन्ने देखिएको छ, लागू औषध मुद्दामा सफाई पाइसकेको स्थितिमा सोही कारणलाई आधार लिएर सार्वजनिक सुरक्षा ऐनको प्रयोग गर्नु ऐनको मनसाय प्रतिकूल हुन जाने । (प्रकरण नं. ११) (२) लागू औषध सम्बन्धमा कसैले कानुन विपरीत कार्य गरेमा लागू औषध (नियन्त्रण) ऐन, २०३३ आकर्षित हुने हुन्छ, उक्त ऐनको बर्खिलाप काम गरेको सम्बन्धलाई लिएर सा.सु. ऐन प्रयोग गर्न कानुनतः नमिल्ने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3765
मुद्दाको विषयबन्दीप्रत्यक्षीकरण
निर्णय वर्ष / मिति2045/12/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3765
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्