नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3759 · वि.सं. २०४६
नि.नं. 3759 — जालसाजी
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) हस्तान्तरण गरेको कुरा अंश मुद्दा दायर भई प्रत्यवादी परेपछि मात्र खुल्न आउँछ भने सो भन्दा अघि सो कुरा वादीलाई जानकारी नहुनु अस्वाभाविक भन्न मिल्ने देखिन्न । यस्तो स्थिति र अवस्थामा लिखत भएको मितिबाट हदम्यादको गणना गर्दा वास्तविक रुपबाट न्यायिक दृष्टिले लापरवाही साथ हदम्याद गुजारेको भन्न न्यायोचित नदेखिने । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3759 |
|---|---|
| मुद्दाको विषय | जालसाजी |
| निर्णय वर्ष / मिति | 2046/01/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४६, नि.नं. 3759 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
