नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3731 · वि.सं. २०४६

नि.नं. 3731 — परमादेशयुक्त उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कुनै संस्थानलाई चलाउन कुनै कानुन बमोजिम स्वीकृति दिने र कानुन बमोजिम संस्थालाई संस्थापित गर्ने दुई अलग अलग कुरा हुन । (प्रकरण नं. ८) (२) कानुनी व्यक्तित्व प्राप्त गर्नको लागि कुनै पनि संघ वा जनसमूह कानुन बमोजिम संस्थापित भएको हुन आवश्यक नहुने । (प्रकरण नं. ९) (३) कुनै पनि राज्यमा तत्काल प्रचलित संवैधानिक कानुन नै मूल कानुन हुने र संवैधानिक कानुन बाहेकका अन्य सबै कानुनहरुको श्रोत संवैधानिक कानुन नै हुने । (प्रकरण नं. ११) (४) संवैधानिक कानुन बमोजिम बनाइएको वा जारी गरिएको ऐन वा नियम वा त्यस्तो ऐन वा नियमद्वारा प्रत्यायोजित अधिकार अन्तर्गत बनाइएको नियम विनियम आदेश सूचना इत्यादिलाई कानुन भन्नु पर्ने । (प्रकरण नं. ११) (५) मुद्दा मामिलाको रोहमा कुनै कानुनको प्रयोग गर्दा सर्वोच्च अदालतले तत्सम्बन्धमा गरेको व्याख्या वा प्रतिपादित गरेको कानुनी सिद्धान्तहरु नेपालको संविधानको धारा ७३ अनुसार नजीरको रुपमा सबै अड्डा अदालतहरुले मान्न कर लाग्ने हुनाले ती व्याख्या र सिद्धान्तहरुलाई पनि कानुन भन्नु पर्ने । (प्रकरण नं. ११) (६) नेपालको संविधानको धारा ७१ अन्तर्गतको आदेश संवैधानिक वा कानुनी हकको प्रचलनको लागि मात्र जारी हुन सक्ने । (प्रकरण नं. १३) (७) धारा ७१ अन्तर्गतको उपचार खोज्ने व्यक्तिले आफ्नो संवैधानिक वा कानुनी हकको हनन् भएको देखाउन सक्नु पर्ने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3731
मुद्दाको विषयपरमादेशयुक्त उत्प्रेषण
निर्णय वर्ष / मिति2035/03/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री इश्वरीराज मिश्र | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3731
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्