नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3720 · वि.सं. २०४६
नि.नं. 3720 — लिखत दर्ता बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) कुनै कामको लागि अख्तियार दिएकोमा अख्तियारनामा दिने व्यक्तिको मृत्यु भएपछि सो अख्तियारनामा स्वतः निस्कृय हुने । (प्रकरण नं. १३) (२) अख्तियारनामा दिने व्यक्तिको जीवनकालसम्म मात्रै अख्तियारनामा प्रभावकारी हुने, मरी सकेपछि निजको अख्तियारनामाको आधारमा लिखत गरी दिन लिन नमिल्ने । (प्रकरण नं. १३) (३) वैध लिखतमा साक्षी बसेको भए विबन्धनको सिद्धान्त लाग्न सक्ने, तर लिखत नै निस्कृय भएको अवस्थामा सो लिखतको साक्षीको कुनै महत्व वा प्रयोजन नहुने हुँदा यस्तोमा विबन्धनको सिद्धान्त लागू हुन्छ भन्न नमिल्ने । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3720 |
|---|---|
| मुद्दाको विषय | लिखत दर्ता बदर |
| निर्णय वर्ष / मिति | 2046/01/06 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय । | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय भई मिति २०४३।२।२३ मा आदेश भएको रहेछ । | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय मनासिब ठहर्छ । कोर्टफी राखी दायर भएको हुँदा केही गरी रहनु परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु। |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४६, नि.नं. 3720 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
