नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3724 · वि.सं. २०४६

नि.नं. 3724 — जबरजस्ती करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) जाहेरवालीको मृत्यु भएकोले आफ्नो जाहेरी व्यहोरा अदालतमा समर्थन गर्न नसकेको कारणबाट मात्र किटानी जाहेरीको व्यहोरा असत्य भन्न नमिल्ने । (प्रकरण नं. २८) (२) २–३ वर्ष अघिको मोहियानी सम्बन्धी सानो विवादलाई लिएर आफ्नो अगाडि आफ्नो श्रीमतीलाई ३ जना मिलेर पालै पालो जबरजस्ती करणी गरे भनी आरोप लगाएको तथा आफ्नो लोग्नेको सामनेमा प्रतिवादीहरुले जबरजस्ती सतित्व नष्ट गरेको भनी जाहेर गरेको कुरालाई निराधार आरोप लगाएको भन्न युक्तिसंगत नदेखिने । (प्रकरण नं. २८) (३) बरामद भएको सामानहरु मेरा हुन् भनी प्रतिवादीले अदालत समक्ष स्वीकार गरिरहेकोमा प्रतिवादीका साक्षीले उक्त खुकुरी प्रतिवादीको होइन भनी बकपत्र गरेबाट साक्षीको बकपत्र विश्वासजन्य नदेखिने । (प्रकरण नं. २८) (४) जाँच गर्ने विशेषज्ञलाई अदालतमा बकपत्र हुन नसकेकोबाट पत्रको आधारमा मात्र जबरजस्ती करणी नभएको भनी अकाट्य आधार मान्न नसकिने । (प्रकरण नं. २८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3724
मुद्दाको विषयजबरजस्ती करणी
निर्णय वर्ष / मिति2045/12/29
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3724
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्