सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ २७८ / ४४०

नि.नं. 3886वि.सं. २०४६संयुक्त इजलास

सवारी ज्यान

§ सवारी अनुमतिपत्र बिना नै हेडलाइट नभएको ब्रेक ठीक अवस्थामा नरहेको सवारी हेलचेक्राई तथा लापरवाही पूर्वक हाँकेको कारणबाट मृत्यु हुन गएको देखिंदा सवारी नियम बर्खिलाप निजले सवारी हाँकी दुर्घटना गराएको देखिँदा दावी बमोजिम ज्यानसम्बन्धी महलको १३(३) नं. अनुसार कसूर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3885वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ

§ जुन निकायबाट निर्णय फैसला भएको छ सो फैसलाबाट तेश्रो पक्षको हक हितमा असर पर्न गएको छ भने उक्त तेश्रो पक्षको हक हित संरक्षण गर्न सोही निकाय सक्षम हुन्छ, जिल्ला अदालतबाट फैसला भएको अवस्थामा अ.बं. ८६ नं. बमोजिम तेश्रो पक्षले जिल्ला अदालतमा फिराद दिनु पर्ने हुन्छ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3884वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ

§ मोहीको हकको जग्गा झिक्ने सम्बन्धमा अधिकार प्राप्त निकाय स्थानीय गाउँ पञ्चायतले निर्णय गर्नु पर्नेमा गाउँ पञ्चायतबाट निर्णय गरेको नभई गाउँ पञ्चायत न्यायिक समितिले हेरी निर्णय गरेका त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3883वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरी पाउँ

§ हकभोगको जग्गा नापीमा पर्ति जनिएको भए उसै बखत उजूर गरी हक कायम गर्नु पर्ने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3882वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण

§ क्षेत्रीय अदालतबाट हक निखन्न पाउने गरी हकदार कायम भएको र सो फैसला अन्तिम भइरहेको देखिन्छ, यस स्थितिमा मालपोत कार्यालयबाट हकदार सम्बन्धमा हक बेहकमा निर्णय भएको मान्न नमिल्ने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3881वि.सं. २०४६संयुक्त इजलास

प्रतिषेध मिश्रित उत्प्रेषण

§ गाउँ पञ्चायत तथा नगरपञ्चायत क्षेत्र भित्र व्यापार गरिएकोमा व्यापार कर लिन सकिने हुन्छ तर गाउँ पञ्चायत, नगरपञ्चायत वा जिल्ला पञ्चायतको क्षेत्रको बाटो गरी निकासी गरिएको खसी बोकामा कर लिन सक्ने व्यवस्था कानुनले गरेको देखिँदैन, कानुन बमोजिम मात्र कर लगाउन र उठाउ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3880वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ

§ फैसलामा उल्लेख भएको प्रतिवादीबाट अथवा निजको अंश अपुताली खानेबाट मात्र बिगो भरी भराउका लागि दर्खास्त दिन मिल्ने । (प्रकरण नं. १०) § फैसलामा उल्लेख नभएको सम्पत्तिबाट बिगो भरी भराउ गर्न लिलाम हुन नसक्ने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3879वि.सं. २०४६संयुक्त इजलास

परमादेश

§ विशेष अदालतबाट फुकुवा गर्ने आदेश प्राप्त भएपछि सोही विषयमा विशेष प्रहरी विभागको फुकुवा पत्रको आवश्यकता नपर्ने । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3878वि.सं. २०४६संयुक्त इजलास

ज्यान

§ आरोपित कसूर नगरेको भए अदालतबाट जारी भएको म्यादी पुर्जीमा सफाईको सबूद प्रमाण पेश गरी प्रतिवाद गर्न सक्नु पर्ने । (प्रकरण नं. २३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3877वि.सं. २०४६पूर्ण इजलास

लेनदेन

§ व्यापारिक नाफा नोक्सान विषयलाई लिएर भएको लिखतको सम्बन्धमा लेनदेन व्यवहारको ४० नं. अनुसार २ वर्ष भित्र नालेश गर्नु पर्ने । (प्रकरण नं. १३) § हदम्याद नघाई पर्न आएको फिरादबाट इन्साफ गर्न नमिल्ने । (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3876वि.सं. २०४६पूर्ण इजलास

७ नं. फाँटवारी छानवीन

§ विदेशीले कसैको अंशियार वा अन्य कुनै हैशियतको आधारमा नेपाल सरहद भित्र रहेको सम्पत्तिमा दावी गर्दछ भने त्यस्तो दावी प्रमाणित पनि उसैले गर्नु पर्ने । (प्रकरण नं. १५) § अंश जस्तो कुरामा विवाद उठी सकेपछि ठोस सबूद प्रमाणको अभावमा अंशियार कायम गर्न नमिल्ने । (प्रकर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3875वि.सं. २०४६पूर्ण इजलास

उत्प्रेषण

§ आफूले राजीनामा गरी जग्गाधनीको हक छाडी सकेपछि उसको सो जग्गामा जग्गाधनीको हक रहने स्थिति रहँदैन स्वयं आफू हाल जग्गाधनी नभएको व्यक्तिले अर्काको जग्गाधनीको हकमा असर पर्ने गरी मोही हुन् भनी भन्न सक्ने स्थिति नरहने । (प्रकरण नं. १०) § भूमिसम्बन्धी ऐन, २०२१ को दफा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3874वि.सं. २०४६पूर्ण इजलास

जबरजस्ती करणी

§ घटनामा पीडित व्यक्ति जाहेरवालीले प्रतिवादीहरुले जबरजस्ती करणी गरेको हो भनी घटनाक्रम समेत उल्लेख गरी किटानी साथ अदालतमा समेत उपस्थित भई बकपत्र गरी दिएको सो वारदात देख्ने र जाहेरवाली समेतको बकाईबाट प्रतिवादीहरु वारदात स्थलमा रहे भएको भन्ने देखिने । (प्रकरण नं.…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3873वि.सं. २०४६पूर्ण इजलास

अंश

§ पैतृक सम्पत्ति आ–आफ्नो नाममा दाखिल खारेज गरेको प्रमाण प्रतिवादीले देखाउन सकेको छैन, वादीले जग्गाहरु बिक्री गरेको भनेको लिखत हेर्दा मेरो अंश भागमा परेको भन्ने उल्लेख भएको देखिँदैन, यसबाट व्यवहार प्रमाणबाट अंश भएको भन्ने नदेखिने । (प्रकरण नं. १४) § पेश भएको लि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3872वि.सं. २०४६पूर्ण इजलास

निखनाई पाउँ

§ प्रमाण बुझी इन्साफ दिनु पर्ने कुरामा आफैले अधिकार क्षेत्र ग्रहण गरी निखनाई पाउने वा नपाउने भनी निर्णय गर्ने अधिकार मालपोत कार्यालय तथा जिल्ला कार्यालयलाई रहे भएको नपाइने । (प्रकरण नं. १४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3871वि.सं. २०४६एक न्यायाधीशको इजलास

उत्प्रेषण

§ उचित समयमा बदर गराउनतर्फ प्रयास गर्नु पर्नेमा आफ्नो हकप्रति उदासिन रही अनुचित विलम्ब गरी ३ बर्षभन्दा बढी समय पश्चात प्रस्तुत रिटनिवेदन दिएको देखिएको र यसरी अनुचित विलम्ब गरी रिटनिवेदन दिनु परेको मनासिब माफिकको कारण पनि निवेदकहरुले खुलाउन नसकेको समेतबाट प्रस्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3871वि.सं. २०४६पूर्ण इजलास

१ - लेनदेन

§ थैली बुझाएको भनी जिकिर लिने प्रतिवादीले सो कुराको प्रमाण पुर्‍याउनु पर्ने । (प्रकरण नं. २५) § कपाली तमसुक बमोजिम तिरे बुझाएको तथ्ययुक्त लिखत प्रमाण पेश गर्न सकेको नदेखिँदा रुपैयाँ बुझी वादीले फट्टा दिएको भन्न नमिल्ने । (प्रकरण नं. २५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3870वि.सं. २०४६संयुक्त इजलास

पर्खाल खिचोला

§ खिचोला गरेको हो होइन सबूद प्रमाणको आधारमा ठहर गर्नु पर्नेमा नगरपञ्चायतमा परेको उजूरीको आधारमा खारेज गरेको शुरु फैसला सदर गरी गरेको अञ्चल अदालतको फैसला उपर पुनरावेदन गर्ने अनुमति नदिने गरी क्षेत्रीय अदालतबाट भएको आदेश नमिल्ने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3869वि.सं. २०४६संयुक्त इजलास

अंश

§ कुनै अंशियार बीच बण्डा गर्नु पर्ने कुनै सम्पत्ति नभए त्यस्ता अंशियार छुट्टी भिन्न हुँदा कानुनी व्यवस्था बमोजिम बण्डापत्र खडा गर्नु पर्ने कुनै अवस्था रहने देखिन नआएकोले यस्तो अवस्थामा अंशियार बीच बण्डापत्र नभएको कारणबाट छुट्टी भिन्न भइसकेको छैन भन्न सकिने अवस…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3868वि.सं. २०४६संयुक्त इजलास

जग्गा हक कायम फैसला बदर

§ अंश मुद्दा डिसमिस गराएको आधारमा लुटपीट मुद्दाबाट लुटपीटको वारदात समेत कायम भइसकेका वादी प्रतिवादीहरु एकासगोलमा रहेको भनी प्रत्यक्ष सबूद प्रमाणको अभावमा मान्न नमिल्ने । (प्रकरण नं. १०) § अंश मुद्दामा २०३५।१।१३ लाई मानो छुट्टिएको मिति कायम गरेको बदर भई २०१०।१।…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3867वि.सं. २०४६संयुक्त इजलास

अंश माना चामल

§ आफूले पाएको बकसपत्रको नाताबाट मुद्दा सकार गर्ने यिनी विपक्षीको हकमा त्यति कुराको मात्र दैयादार भई दिन दिलाउन पर्ने मानिन्छ जति निजले बकसपत्रबाट पाएको हुन्छ । (प्रकरण नं. १६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3866वि.सं. २०४६संयुक्त इजलास

बिक्रीकर निर्धारण

§ औद्योगिक व्यवसाय ऐन, ०३८ ले दिएको सुविधा सोही ऐन बमोजिम मात्र कटौती हुनसक्ने देखिँदा यसरी प्राप्त सुविधालाई आर्थिक ऐनले काट्न नसक्ने । (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3865वि.सं. २०४६संयुक्त इजलास

कर्तव्य ज्यान

§ इवी रहेका व्यक्तिले मिटिङ गरेको भोलिपल्ट सबेरै शंकास्पद स्थितिमा देखा परेको र वारदात समेतको क्रमबद्धता तथा निजै प्रतिवादीको बयान र घटना विवरण समेतका आधारबाट अदालतमा इन्कार रहेता पनि निज पुनरावेदक प्रतिवादीको कर्तव्यबाट मृत्यु भएको देखिने । (प्रकरण नं. २२) §…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3864वि.सं. २०४६संयुक्त इजलास

लेनदेन

§ प्रतिवादीले आफ्नो हिस्सेदार अन्य व्यक्तिलाई गराउँदैमा वादीले आफ्नो जमानी बापतको रकमलाई पनि हिस्सा लगाई अन्य हिस्सेदारबाट असूल गर्न जानु पर्दछ भन्ने कुरा मिल्ने देखिन नआउने । (प्रकरण नं. १४) § भरिभराउ हुने मितिसम्मको ब्याजको दावी गरेको वादीको अधिकार भित्रको ह…

नजिर सार पढ्नुहोस् →