सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ २७९ / ४४०

नि.नं. 3863वि.सं. २०४६संयुक्त इजलास

कर्तव्य ज्यान

§ अदालतमा आई आफूले प्रहरीमा गरेको बयानलाई इन्कार गरे पनि प्रहरीमा सो बयान दवाव, धम्की वा प्रलोभनमा परेर गरेको भन्न नसकेबाट सो बयानलाई अन्यथा मान्न नसकिने । (प्रकरण नं. २६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3862वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ

§ मिलापत्र गराउँदा अधिकारप्राप्त अधिकारीले कानुनले तोकेको उचित प्रक्रिया पूरा गरी गराई गराउन पर्ने । (प्रकरण नं. ८) § उपप्रधानपञ्चले मिलापत्र गराउन पाउनको लागि निजको अध्यक्षतामा रीतपूर्वक गाउँ न्याय समितिको गठन भएको र प्रक्रिया पूरा गरी मिलापत्र गरेको हुनुपर्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3861वि.सं. २०४६संयुक्त इजलास

लकडीको परिमाण ढाँटी निकासी गर्न लाग्यो

§ प्रज्ञापनपत्र भरेर भन्सार निर्धारणको लागि पेश भएको देखिँदा भन्सार नतिर्ने मनसायले हटाएको भनी मान्न नमिल्ने । (प्रकरण नं. १६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3860वि.सं. २०४६संयुक्त इजलास

हक कायम दर्ता नामसारी बदर चलन समेत

§ जसले जुन कुराको जिकिर लिन्छ सो जिकिर प्रमाणित गर्ने भार उसैको हुने । (प्रकरण नं. १६) § अन्य प्रमाणको अभावमा नौ वर्ष पछि लिएको मृत्यु दर्ता प्रमाणको आधारमा मरेको भनी निष्कर्षमा पुग्न नमिल्ने । (प्रकरण नं. १७) § जुन ऐन अन्तर्गत वादीको दावी नै छैन सो ऐनको हदम्य…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3859वि.सं. २०४६संयुक्त इजलास

खिचोला हक कायम

(१) हदम्यादको प्रश्न कानुनी प्रश्न भएकोले जुनसुकै अड्डाले पनि मुद्दामा ठहर निर्णय गर्नु पूर्व फिराद कानुनको म्याद भित्रको छ छैन हेर्नु अनिवार्य भएकोले हदम्यादमा यस अदालतबाट विचार गर्न नमिल्ने भन्ने पुनरावेदक तर्फको जिकिरसंग सहमत हुन नसकिने । (प्रकरण नं. १६) (२…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3858वि.सं. २०४६संयुक्त इजलास

राजनीतिक उद्देश्यले संघ संस्था खोलेको

§ संघ संस्था नियन्त्रण ऐन, २०१९ को दफा २(१) ले राजनैतिक उद्देश्यले प्रेरित दल, संगठन, संघ संस्था खोल्न, खोलाउन, चलाउन वा चलाउन लगाउन हुँदैन भन्ने कानुनी व्यवस्था गरेको पाइने । (प्रकरण नं. २५) § सम्मेलन र तदर्थ समितिलाई राजनैतिक दल, संगठन संघ, संस्थाको संज्ञा द…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3857वि.सं. २०४६संयुक्त इजलास

जालसाज

§ जालसाजी क्रिया एकजनाबाट मात्र हुने नभई कसैको मिलोमतोबाट हुने हुँदा कुनै पनि जालसाजी क्रिया हुनलाई दुइथरी हुन अनिवार्य देखिने । (प्रकरण नं. १२) § मिलोमतोको अभावमा एकजनाले जालसाली गरेको ठहराएको इन्साफ नमिल्ने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3856वि.सं. २०४६संयुक्त इजलास

कीर्ते

§ विवादग्रस्त सही प्रतिवादीको नमुना हस्ताक्षरसँग भिड्छ भन्ने विशेषज्ञको रायकै आधारमा दस्तखत कीर्ते गरेमा पूर्ण इन्कार रहेका यी प्रतिवादीलाई बुझिएका साक्षी सरजमीनले शंकासम्म व्यक्त नगरेको तथा अन्य तथ्ययुक्त ठोस सबूद प्रमाणबाट निजले नै कीर्ते गरेको भनी किटानी गर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3855वि.सं. २०४६संयुक्त इजलास

हिन्दू धर्ममा खलल पर्ने गरी इसाई मत प्रचार गरेको

§ संवैधानिक व्यवस्थाबाट सनातन देखि चलिआएको आफ्नो धर्मको अवलम्बन गर्न र सो अवलम्बन गरी आएको धर्मको धार्मिक कृतसम्म गर्न पाउने हकको संरक्षण प्रदान गरेको तर धर्म जुन सनातन देखि चलिआएको छैन भने त्यस्तो धर्म सम्बन्धी हकलाई भने संविधानमा संरक्षण प्रदान गरेको नदेखिने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3854वि.सं. २०४६संयुक्त इजलास

किलास खिचोला

§ विवादित किलास गारोमा छाना अडिने गरी, प्रतिवादीले घर बनाएको भन्ने कतैबाट खुल्न नआएको साथै विवादास्पद किलास गारो प्रतिवादीको घरको छानाले थिची सोही गारोमा प्रतिवादीको घरको छाना अडेको देखिएको यस्तो अवस्थामा घर बनाउनेको १ नं. आकर्षित हुन नसक्ने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3853वि.सं. २०४६संयुक्त इजलास

अंश

§ अंश मुद्दामा पुनरावेदन तहको तारेख गुजारेमा समेत डिसमिस नगरी ठहरे बमोजिम फैसला गर्नु पर्ने कानुनी व्यवस्था भएको नदेखिने । (प्रकरण नं. १३) § पुनरावेदन परिसकेको स्थितिमा पुनरावेदन नपरेको सरह मानी इन्साफ दिन मिल्न आउने नदेखिने । (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3852वि.सं. २०४६संयुक्त इजलास

निर्णय बदर

§ वादीले मोहियानी हक खरीद गरेको लिखत अस्तित्वमा छँदाछँदै लिखत साक्षी भएको नाताले मात्रै उक्त जग्गामा वादीको मोहियानी हक टुटेको भनी मान्न नमिल्ने । (प्रकरण नं. १२) § गुठी संस्थानलाई मोहीको विवादमा निर्णय गर्न पाउने अधिकार भएको देखिन नआएकोले अधिकारै नभएको कुरामा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3851वि.सं. २०४६संयुक्त इजलास

हक कायम दर्ता समेत

§ वादीले घर जग्गा दर्ता सम्बन्धमा दिएको निवेदन उपर छानबीन भई कारवाहीको टुंगो नलाग्दा सम्म हक बेहकतर्फ अदालतमा नालेश गर्नु पर्ने कारण पर्न नआएको । (प्रकरण नं. ११) § विवादित घर जग्गा को कस्को हो छानबीन गर्न कार्य क्षेत्रभित्र नपरेकोले ३५ दिनभित्र नालेस दिई रेखरु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3850वि.सं. २०४६संयुक्त इजलास

लिखत दर्ता बदर दर्ता कायम

§ अंश हक जस्तो नैसर्गिक अधिकारलाई कानुनले समान रुपबाट निरन्तर संरक्षण प्रदान गर्दै आइरहेको पाइँदा कानुनले रोक लगाएको अवस्थामा बाहेक निजको नैसर्गिक अधिकारलाई पारीत बण्डापत्रमा उल्लेखित शर्तनामाले कुनै असर पुर्‍याउन नसक्ने । (प्रकरण नं. १४) § शर्तनामालाई नैसर्गि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3849वि.सं. २०४६संयुक्त इजलास

शाही नेपाल वायुसेवा निगमको टिकट बिक्रीको रकम हानी नोक्सानी पारी भ्रष्टाचार गरे

§ फौज्दारी प्रकृतिको मुद्दामा अपराधको प्रश्न (Question of Crime) समावेश भएको हुन्छ, जस्को आधारमा अपराधी प्रमाणित भएमा दण्ड सजायँ गर्ने लक्ष्य हुन्छ, फौज्दारी प्रकृतिका मुद्दामा मुख्यतः मनसाय, सो अनुसारको दण्डनीय कार्य र त्यसको परिणामबारे विवेचना भएको हुने । (प…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3848वि.सं. २०४६संयुक्त इजलास

कर्तव्य ज्यान

§ अभियुक्तले जानीबुझी आफूले गरेको कामको परिणाम थाहा पाउन सक्ने अवस्थामा कर्तव्य गरी मारेको भन्न सकिने अवस्था प्रमाणहरुबाट पुष्टि हुन नसकेकोले जानीबुझी आफ्नी श्रीमतीलाई कुटपीट गरी मारेको भन्न सकिने अवस्था नरहने । (प्रकरण नं. १९) § मगज असन्तुलन भएको अवस्था ज्यान…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3847वि.सं. २०४६पूर्ण इजलास

भ्रष्टाचार

§ अलग अलग विषयमा दुवै संयुक्त इजलासबाट अलग अलग निर्णय भएकोलाई रुलिङ बाझिएको भन्न नमिल्ने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3846वि.सं. २०४६पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

§ सम्पत्ति सम्बन्धी हकमा असर पर्ने गरी एकाका हक टुटाई अर्कोको हक कायम गर्दा मार्का पर्ने पक्षलाई प्रतिवादको मौका दिनु पर्ने । (प्रकरण नं. १२) § प्रतिवादको मौका नै नदिई जग्गाको मोहियानी हकबाट बंचित हुने गरी नाम कट्टा गर्न भूमिसुधार कार्यालयले पठाएको सिफारिशपत्र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3845वि.सं. २०४६पूर्ण इजलास

उत्प्रेषण

§ परीक्षणकालको समयावधि भित्र नोकरीबाट हटाउने भनी निर्णय समेत नगरी परीक्षणकाल समाप्त भैसकेपछि पनि लगातार रुपमा बहाल रहेको पदमा राखी राखेको अवस्थामा संस्थानको विनियम ११(२) अनुसार स्थायी नियुक्ति स्वतः सदर हुने । (प्रकरण नं. ८) § परीक्षणकाल समाप्त भइसकेपछि पनि पर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3844वि.सं. २०४६पूर्ण इजलास

उत्प्रेषण

(१) औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १४(३) ले यो ऐन प्रारम्भ हुनु अघि अनुमति प्राप्त गरे तापनि यो ऐन प्रारम्भ भइसकेपछि मात्र स्थापना भएको वा उत्पादन शुरु गरेको उद्योगले यसै ऐन बमोजिमको सुविधा सहुलियत तथा संरक्षण मात्र उपभोग गर्न पाउनेछ भन्ने व्यवस्था गरेको देख…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3843वि.सं. २०४६संयुक्त इजलास

जग्गा खिचोला हक कायम

§ जिल्ला कार्यालयबाट २०३४।१।३१ मा हक बेहक गराउन सुनाई दिएको देखिँदा विवादको जग्गाको सम्बन्धमा ०३४ सालमा नै विवाद उठी सकेको मान्नु पर्ने । (प्रकरण नं. १६) § वारदात मिति पछिको कायम गरेर फिराद दिन आउँदैमा फिराद हदम्याद भित्र परेको भन्न नमिल्ने । (प्रकरण नं. १६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3842वि.सं. २०४६संयुक्त इजलास

सवारी ज्यान

§ मृतकलाई मारौं भन्ने प्रतिवादीको नियत देखिँदैन, सवारी चलाउन अनुमति प्राप्त नभएको प्रतिवादीले चलाएको ट्याक्टर ब्रेक फेल भई मृत्यु भएको देखिँदा ज्यान मार्ने सम्मको नियत नभई हेलचेक्र्याईबाट ज्यान मरेको देखिने । (प्रकरण नं. २२) § मारौं भन्ने प्रतिवादीको नियत नभै…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3841वि.सं. २०४६संयुक्त इजलास

जग्गा खिचोला दर्ता बदर

§ बिर्तावारले २०१६ सालमा नै म्यादभित्र बिर्ता जग्गाको विवरण दाखेल गरेकोमा प्रत्यर्थीहरुले २०१७ सालमा विवरण दर्ता गराएको कारणबाट मुद्दाको कारवाही चलाई राखेको यस्तो स्थितिमा हदम्याद नाघेको भन्न नमिल्ने । (प्रकरण नं. २०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3840वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश समेत जारी गरिपाउँ

§ खानी सञ्चालन गर्न चाहने निवेदक तथा प्रत्यर्थी जिल्ला पञ्चायत बीच दुई पक्षको सम्झौता बमोजिम करारको सृजना भएको पाइन्छ, यस्तो सम्झौता करारको विषय हुँदा करार ऐन अन्तरगत उपचारको बाटो अवलम्बन गर्नु पर्ने । (प्रकरण नं. १३) § अन्य कानुनी उपचारको बाटो अवलम्बन नगरी रि…

नजिर सार पढ्नुहोस् →