नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3842 · वि.सं. २०४६

नि.नं. 3842 — सवारी ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मृतकलाई मारौं भन्ने प्रतिवादीको नियत देखिँदैन, सवारी चलाउन अनुमति प्राप्त नभएको प्रतिवादीले चलाएको ट्याक्टर ब्रेक फेल भई मृत्यु भएको देखिँदा ज्यान मार्ने सम्मको नियत नभई हेलचेक्र्याईबाट ज्यान मरेको देखिने । (प्रकरण नं. २२) § मारौं भन्ने प्रतिवादीको नियत नभै हेलचेक्र्याईबाट सवारी चलाउँदा दुर्घटना हुन गएको अवस्थामा ज्यानसम्बन्धीको १३ नं. प्रयोग गर्नु न्यायसंगत नदेखिने । (प्रकरण नं. २३) § ज्यान जस्तो गम्भीर प्रकृतिको मुद्दामा मनसाय निर्णायक तत्व हुने हुँदा अवस्था अनुसार जुनसुकै दफा पनि प्रयोग हुन सक्छन यस्तो अवस्थामा ज्यानसम्बन्धीको १३ नं. प्रयोग गरी प्रतिवादीलाई सजाय गर्ने गरेको न्यायसंगत नदेखिने । (प्रकरण नं. २४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3842
मुद्दाको विषयसवारी ज्यान
निर्णय वर्ष / मिति2046/03/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3842
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्