नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3855 · वि.सं. २०४६
नि.नं. 3855 — हिन्दू धर्ममा खलल पर्ने गरी इसाई मत प्रचार गरेको
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ संवैधानिक व्यवस्थाबाट सनातन देखि चलिआएको आफ्नो धर्मको अवलम्बन गर्न र सो अवलम्बन गरी आएको धर्मको धार्मिक कृतसम्म गर्न पाउने हकको संरक्षण प्रदान गरेको तर धर्म जुन सनातन देखि चलिआएको छैन भने त्यस्तो धर्म सम्बन्धी हकलाई भने संविधानमा संरक्षण प्रदान गरेको नदेखिने । (प्रकारण नं. २६) § संविधानको धारा १४ मा परम्पराको मर्यादा राखी सनातन देखि चलिआएको आफ्नो धर्मको अवलम्बन र आफ्नो धार्मिक कृत गर्न पाउने हकलाई अदलको १ नं. मा भएको व्यवस्थाले संकुचित पारेको नदेखिने । (प्रकरण नं. २६) § प्रतिवादीलाई मुलुकी ऐन अदलको १ नं. बमोजिम ६ वर्ष कैद हुने ठहरी प्रतिवादी विदेशी समेत देखिँदा देश निकाला समेत हुने । (प्रकरण नं. २७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3855 |
|---|---|
| मुद्दाको विषय | हिन्दू धर्ममा खलल पर्ने गरी इसाई मत प्रचार गरेको |
| निर्णय वर्ष / मिति | 2046/05/11 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४६, नि.नं. 3855 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
