नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3849 · वि.सं. २०४६
नि.नं. 3849 — शाही नेपाल वायुसेवा निगमको टिकट बिक्रीको रकम हानी नोक्सानी पारी भ्रष्टाचार गरे
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ फौज्दारी प्रकृतिको मुद्दामा अपराधको प्रश्न (Question of Crime) समावेश भएको हुन्छ, जस्को आधारमा अपराधी प्रमाणित भएमा दण्ड सजायँ गर्ने लक्ष्य हुन्छ, फौज्दारी प्रकृतिका मुद्दामा मुख्यतः मनसाय, सो अनुसारको दण्डनीय कार्य र त्यसको परिणामबारे विवेचना भएको हुने । (प्रकरण नं. ४६) § बदनियतपूर्ण तवरले आफूले गैरकानुनी लाभ र अर्कालाई गैरकानुनी हानी पुग्न गएको देखिन्छ भने सो कार्य भ्रष्टाचारजन्य फौज्दारी प्रकृतिको अपराध हुन जाने, फौजदारी प्रकृतिको मुद्दामा अपराधिक प्रबृत्तिको बाहुल्यता हुने । (प्रकरण नं. ४६) § सामान्यतः कसैको हक वा अधिकार कुनै व्यक्तिबाट हनन् भएमा सो हकको प्रचलनका लागि उठाएको कारवाईलाई देवानी प्रकृतिको मुद्दा मानिने र दावी प्रमाणित भएमा हकको प्रचलन कानुन बमोजिम हुने, अर्थात देवानी मुद्दामा मुख्यतः हक वा अधिकारको प्रश्न समावेश भएको हुने । (प्रकरण नं. ४७) § फौज्दारी मुद्दामा अपराधको प्रश्न र देवानी मुद्दामा हक वा अधिकारको प्रश्न अन्तर्निहित रहेको हुने । (प्रकरण नं. ४८) § सम्झौता बमोजिम टिकट बिक्रीको रकम बाँकी राखी नतिरेको भन्ने प्रश्न अन्तर्निहित रहेको विवादलाई फौज्दारी प्रकृतिको विवाद मान्न नसकिने । (प्रकरण नं. ५०) § आफूले रुपैयाँ पाउनु पर्ने हकको सिर्जना भएको जुन हक वा अधिकारको प्रतिकूल हुने गरी ट्राभल्सले रुपैयाँ नदिएको विषय सामान्य दृष्टिमा नै देवानी प्रकृतिको मान्नु पर्ने । (प्रकरण नं. ५०) § दुई कानुनी व्यक्ति बीचको व्यबहार बस्तुतः लेनदेन प्रकृतिको विषय देखिएको हुँदा सो रकम असूल उपर गर्न गराउन भ्रष्टाचार निवारण ऐन, २०१७ आकर्षित हुन नसक्ने । (प्रकरण नं. ५०) § भ्रष्टाचार निवारण ऐन, २०१७ मुख्यतः फौज्दारी प्रकृतिको अभियोगसँग सम्बन्धित हुँदा कानुनी व्यक्तिहरु बीचको लेनदेन प्रकृतिका देवानी व्यवहारको कार्यलाई फौज्दारी परिधि भित्र समेट्न कानुनतः नमिल्ने । (प्रकरण नं. ५०) § विवादको विषय बस्तु नै देवानी प्रकृतिको देखिँदा, देवानी प्रकृतिको प्रस्तुत विवादको निरोपण सामान्य कानुन बमोजिम सामान्य अदालत (Regular Court) बाट हुनसक्ने । (प्रकरण नं. ५०) § लेनदेन व्यवहारलाई फौज्दारी प्रकृतिको मुद्दा मानी भ्रष्टाचार निवारण ऐन, २०१७ अन्तर्गत चलाइएको कारवाही नै सारगर्भित र कानुनसंगत देखिन नआउने । (प्रकरण नं. ५०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3849 |
|---|---|
| मुद्दाको विषय | शाही नेपाल वायुसेवा निगमको टिकट बिक्रीको रकम हानी नोक्सानी पारी भ्रष्टाचार गरे |
| निर्णय वर्ष / मिति | 2045/12/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४६, नि.नं. 3849 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
