सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ २८० / ४४०

नि.नं. 3839वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण

§ निवेदकले आफूले गरेको गैरकानुनी काम कारवाहीलाई अरु माथि थोपार्न खोजेको कार्य निश्चय नै शिक्षक जस्तो गम्भीर पदको जिम्मेवारी बहन गर्ने व्यक्तिको आचरण भित्र नपर्ने । (प्रकरण नं. ८) § शिक्षा नियमावलीको संशोधित नियम २८(२)(क) ले विद्यालय सञ्चालक समितिलाई शिक्षकको क…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3838वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण

§ निर्वाचन कार्य सम्पन्न भएमा वारिसले सहिछाप गरेको भए तापनि खसेको मत सदर बदर हुने सम्बन्धी निर्वाचन अधिकृत समक्ष उजूर गर्न पाउने निर्वाचन (अपराध तथा सजाय) ऐनले दिएको अधिकार त्यसरी सही गर्दैमा कुण्ठित हुनसक्ने होइन । निर्वाचन विशेष अदालत समक्ष किटानी तवरमा यो य…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3837वि.सं. २०४६संयुक्त इजलास

लिखत दर्ता बदर समेत

§ आफ्नो नापी भएको कित्ताफोर भई गएको भन्ने कुरा मौकामा थाहा पाएको भन्ने कुरा नदेखिएपछि निजले तत्काल नै उजूर गर्नु पर्ने भन्ने कुरा कानुनी र व्यवहारिक नहुने । (प्रकरण नं. १९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3836वि.सं. २०४६

रकम दिलाई भराई पाउँ

§ संस्थानको सञ्चालक समितिको निर्णयानुसार कानुनी कारवाहीका निमित्त संस्थानको कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकबाट फिराद परेको देखिँदा नालेश गर्ने हकदैया नभएको भन्न नमिल्ने । (प्रकरण नं. २०) § वादीले हिसाब मिलानको लागि लेखेको पत्रमा प्रतिवादीले नै २ महिनाको म्या…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3835वि.सं. २०४६संयुक्त इजलास

बाली लुटपिट

§ आ–आफ्नो राजीनामा बकसपत्रको आधारमा विवादित जग्गामा आ–आफ्नो हक स्वामित्व देखाई दुवै पक्ष आएको देखिँदा लुटपिटको परिभाषा भित्र नपर्ने । (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3834वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण मिश्रित परमादेश जारी गरिपाउँ

§ नियममा स्पष्टसंग व्यवस्था गरिएको प्रावधानलाई कुनै हालतमा पनि नाघ्न नमिल्ने । त्यस्तो कानुनी व्यवस्था विपरीत गरिएको निर्णयलाई कानुनी त्रुटियुक्त मान्न पर्ने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3833वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

§ सहायक स्तर तह ५ र ४ को कर्मचारीलाई तल्लो तहमा घटुवा गर्ने सजायँको हकमा कार्यालय प्रमुखले संस्था प्रमुखको स्वीकृति लिई गर्न सक्ने व्यवस्था रहेको पाइन्छ तर सो बमोजिम निवेदकलाई कार्यालय प्रमुखबाट कारवाही भएको नभई घरेलु तथा ग्रामीण उद्योग विकास समिति प्रधान कार्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3832वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण, परमादेश समेत

§ आरोपको सम्बन्धमा आफ्नो सफाई पेश गर्न मौका प्रदान गर्नको लागि नै स्पष्टीकरण माग गरिन्छ, तर कुनै आरोपमा स्पष्टीकरण माग नगरेको अवस्थामा सफाईको मौका दिएको भन्न नमिल्ने । (प्रकरण नं. १७) § जुन आरोपमा स्पष्टीकरण नै माग गरिएको छैन सो आरोप लगाई सजायँ गर्दा प्राकृतिक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3831वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

§ विवाह दर्ता ऐन, २०२८ को दफा ५ बमोजिम विवाह गर्न चाहने पुरुष र स्त्रीले विवाह अधिकारी छेउ कम्तिमा १५ दिन अगावै दर्खास्त पेश गर्नु पर्ने, ऐनको दफा ५ मा व्यवस्था भएको पाइने तर प्रस्तुत विषय सो सम्बन्धित नदेखिई २०४३।११।२५ मा नै भएको विवाह उक्त ऐनको दफा ११(१) अन्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3830वि.सं. २०४६संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

§ सर्वश्वसहित जन्मकैद भएको निवेदकलाई डाँका मुद्दामा भएको जरिवाना बापतको ४ वर्ष कैद सोही जन्मकैद लगतमा थप गरिएको कानुनसंगत नदेखिने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3828वि.सं. २०४६संयुक्त इजलास

सम्बन्ध बिच्छेद

§ सम्बन्ध बिच्छेद मुद्दा र अंश मुद्दा एकै लगाउको देखिँदा अंश मुद्दा र लगाउको सम्बन्ध बिच्छेद मुद्दा समेत साथै निर्णय गर्नु पर्नेमा अंश मुद्दा मुल्तबी राखी सम्बन्ध बिच्छेद मुद्दामा निर्णय गरेको नमिल्ने । (प्रकरण नं. १५) § सम्बन्ध बिच्छेद मुद्दामा वादीको दावी र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3827वि.सं. २०४६संयुक्त इजलास

जग्गा खिचोला

§ जग्गाहरु अन्य विभिन्न व्यक्तिहरुको भएको देखिँदा जसले भोग गरेको छ, उसै उपर दावी नभई खिचोला नगर्ने प्रतिवादीहरु उपर गरेको दावीबाट इन्साफ गर्न नमिल्ने । (प्रकरण नं. १७) § २००१ सालमा संयुक्त दर्ता भएको नाताले तत्पश्चातको भोग प्रमाण समेतको अभावमा तिसौं वर्षपछि अर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3826वि.सं. २०४६संयुक्त इजलास

जग्गा खिचोला

§ प्रतिवादीले वादीको हक दर्ताको जग्गामा घर बनाएको भए घर तयार भएको मितिले १ वर्षभित्र नालिस दिई आफ्नो हक कायम गराई राख्न सक्नु पर्ने । (प्रकरण नं. १६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3825वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण

§ नि.से.नी., २०२१ को नियम १०.६ को ७ मा भएको कानुनी व्यवस्था बमोजिम निवेदक उपर भ्रष्टाचार गरेमा भन्ने व्यवस्था बमोजिम नै निजलाई उक्त दफा प्रयोग भएको छ, तसर्थ कुन दफा अन्तर्गतको भ्रष्टाचार गरेको भन्ने उल्लेख हुनुपर्ने जरुरी नदेखिने । (प्रकरण नं. १६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3824वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण

§ न.पं. क्षेत्रमा रहेको मन्दिर इनार समेत संरक्षणीय स्थलहरु भएको तर सो जग्गा न.पं. को नाममा दर्ता भई नसकेको जग्गामा रहेको सार्वजनिक प्रयोजनका मन्दिर, इनार समेतको संरक्षण न.पं. बाट हुन नसक्ने हुन नपर्ने भन्न मान्न नसकिने । (प्रकरण नं. १४) § कानुन बमोजिम अख्तियार…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3823वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

§ प्रधानपञ्चको अनुपस्थितिमा उपप्रधानपञ्च समक्ष लिएको सपथग्रहणलाई कानुनले अमान्य घोषित गरेको पनि देखिँदैन, साथै कानुनले अधिकार प्राप्त उपप्रधानपञ्च समक्ष सपथग्रहण भएपछि पुनः प्रधानपञ्च समक्ष सपथग्रहण लिनुपर्ने कानुनी व्यवस्था पनि नदेखिएको निवेदकहरुले उपप्रधानपञ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3822वि.सं. २०४६संयुक्त इजलास

अपुताली

§ तत्कालिन अपुतालीको महलको २ नं. बमोजिम मर्नेको संग बसेका अरु हकवाला भएसम्म छोरीले अपुताली पाउन नसक्ने । (प्रकरण नं. १६ र १७) § हक नै नभएकोले गरिदिएको बकसपत्रबाट कुनै किसिमको हक हुने प्रश्नै उठ्न नसक्ने । (प्रकरण नं. १८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3821वि.सं. २०४६संयुक्त इजलास

निषेधाज्ञा

§ विपक्षीले रजिष्ट्रेशन पारित गर्ने अड्डामा थैली धरौट राखी हकसफा गरी विवादित जग्गामा हक प्राप्त गरेको अवस्थामा सोही जग्गा घरमा निवेदकको घरायसी कागजको आधारले हक पुग्छ भन्न नमिल्ने, हकाधिकार भएको देखिन नआएकोमा निषेधाज्ञा जारी नहुने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3820वि.सं. २०४६संयुक्त इजलास

लेनदेन

§ डिष्टिलरीबाट आफूले सामान बुझी लिएको श्रेष्ठ सेन्टरको नाउँमा क्रेडिट बील बनाएको भए तापनि सेन्टरलाई सामान बुझाएको प्रमाण पेश नभएको अवस्थामा सामान बापतको वादी दावीको रकम तिर्नु बुझाउनु पर्ने दायित्व प्र. को रहने । (प्रकरण नं. १५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3819वि.सं. २०४६संयुक्त इजलास

कर्तव्य ज्यान

§ मानिस मारेको कुरा थाहा भएर पनि जाहेर नगरेको देखिन आएको तर लास दबाउने कृया गरेको प्रमाणित हुन नसकेको देखिँदा ज्यानसम्बन्धीको २५ नं. अनुसार निजहरुलाई सजायँ गर्ने । (प्रकरण नं. ४९) § पूर्व योजना मनसाय रिसइवी देखिन नआएको रक्सी खाइराखेको बेलामा झगडा भई आवेशमा आई…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3818वि.सं. २०४६पूर्ण इजलास

जालसाजी

§ लिखतलाई नै वादीले हकको श्रोत देखाएकोमा सो लिखतबाट घर प्राप्त गरेको भन्ने नदेखिँदा वादी दावी तथ्ययुक्त देखिन नआउने । (प्रकरण नं. १८) § विवादित घर दाज्यूको शेषपछि पाई बिक्री गरी लिनु दिनु गरेको कार्यलाई वादी दावी बमोजिम जालसाजी ठहर गर्न नमिल्ने । (प्रकरण नं. १…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3817वि.सं. २०४६पूर्ण इजलास

हक कायम समेत

§ घर र त्यसले चर्चेको लगापातसम्म भोगबन्धकी कायम भई अदालतको फैसला बमोजिम भोगबन्धकी लिखत पास भएको अवस्थामा सो लिखत पास मुद्दाको फैसलाले जग्गा पास गर्न नहुने भनेको जग्गालाई समेत भोगबन्धकीमा दिएको भनी स्वीकार गर्न नमिल्ने । (प्रकरण नं. २३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3816वि.सं. २०४६पूर्ण इजलास

जग्गा खिचोला

डिभिजन बेञ्चमा मतैक्य नभई २०४४।७।१५।१ मा फैसला भएको । मुद्दा : जग्गा खिचोला § विवादित जग्गामा मेरो यो यस कारणले हक हुन आएको भनी राजीनामा दर्ता प्रमाण लगायतका ठोस सबूद प्रमाण वादीले पेश गर्न नसकेको हुँदा खिचोला गर्‍यो भन्ने वादी दावी मिलेको नदेखिने । (प्रकरण नं…

नजिर सार पढ्नुहोस् →