नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3836 · वि.सं. २०४६
नि.नं. 3836 — रकम दिलाई भराई पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ संस्थानको सञ्चालक समितिको निर्णयानुसार कानुनी कारवाहीका निमित्त संस्थानको कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकबाट फिराद परेको देखिँदा नालेश गर्ने हकदैया नभएको भन्न नमिल्ने । (प्रकरण नं. २०) § वादीले हिसाब मिलानको लागि लेखेको पत्रमा प्रतिवादीले नै २ महिनाको म्याद मागी सो म्यादमा उपस्थित भई हिसाब मिलान गरेको नदेखिँदा सो म्याद पुगेको मितिलाई मुद्दा गर्नु पर्ने कारण मानी म्याद भित्रै फिराद जिल्ला अदालतमा दायर भएकोमा अञ्चल अदालत पठाउन सकिने अवस्थाको हदम्याद रहेबाट तत्काल सरुवा नगरी अदालतको गल्तीबाट पछि सरुवा गर्दैमा कानुनी क्षेत्र ग्रहण गरी निर्णय गर्न नपाउने भन्न नमिल्ने । (प्रकरण नं. २०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3836 |
|---|---|
| मुद्दाको विषय | रकम दिलाई भराई पाउँ |
| निर्णय वर्ष / मिति | 2046/02/29 |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४६, नि.नं. 3836 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
