नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3858 · वि.सं. २०४६

नि.नं. 3858 — राजनीतिक उद्देश्यले संघ संस्था खोलेको

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ संघ संस्था नियन्त्रण ऐन, २०१९ को दफा २(१) ले राजनैतिक उद्देश्यले प्रेरित दल, संगठन, संघ संस्था खोल्न, खोलाउन, चलाउन वा चलाउन लगाउन हुँदैन भन्ने कानुनी व्यवस्था गरेको पाइने । (प्रकरण नं. २५) § सम्मेलन र तदर्थ समितिलाई राजनैतिक दल, संगठन संघ, संस्थाको संज्ञा दिन नमिल्ने । (प्रकरण नं. २५) § देशको आर्थिक, राजनैतिक र सामाजिक व्यवस्थाहरु बारे छलफल गर्ने सन्दर्भमा सम्मेलन गर्न संघ संस्था नियन्त्रण ऐन, २०१९ ले रोक लगाएको छैन र उक्त ऐनले अपराध समेत मानेको छैन । (प्रकरण नं. २५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3858
मुद्दाको विषयराजनीतिक उद्देश्यले संघ संस्था खोलेको
निर्णय वर्ष / मिति2046/04/32
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3858
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्