नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3868 · वि.सं. २०४६
नि.नं. 3868 — जग्गा हक कायम फैसला बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ अंश मुद्दा डिसमिस गराएको आधारमा लुटपीट मुद्दाबाट लुटपीटको वारदात समेत कायम भइसकेका वादी प्रतिवादीहरु एकासगोलमा रहेको भनी प्रत्यक्ष सबूद प्रमाणको अभावमा मान्न नमिल्ने । (प्रकरण नं. १०) § अंश मुद्दामा २०३५।१।१३ लाई मानो छुट्टिएको मिति कायम गरेको बदर भई २०१०।१।१ लाई मानो छुट्टिएको मिति कायम गरिनु पर्ने देखिन आएकोले सो मितिसम्मको सो मुद्दको पक्ष विपक्षबाट तायदाती लिंदा वादीले आफ्नो निजी आर्जनको भनी दावी लिएका जग्गाहरु सो कायम भएको मानो छुट्टिएको मिति भन्दा अघि वा पछि आर्जन गरेको के हो सोही अवस्थामा ठहर हुने भएकोले हाल यस मुद्दाबाट यो यसो हो भनी ठहर गरी रहन नमिल्ने। (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3868 |
|---|---|
| मुद्दाको विषय | जग्गा हक कायम फैसला बदर |
| निर्णय वर्ष / मिति | 2046/01/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्वरप्रसाद सिंह | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४६, नि.नं. 3868 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
