नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3873 · वि.सं. २०४६
नि.नं. 3873 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ पैतृक सम्पत्ति आ–आफ्नो नाममा दाखिल खारेज गरेको प्रमाण प्रतिवादीले देखाउन सकेको छैन, वादीले जग्गाहरु बिक्री गरेको भनेको लिखत हेर्दा मेरो अंश भागमा परेको भन्ने उल्लेख भएको देखिँदैन, यसबाट व्यवहार प्रमाणबाट अंश भएको भन्ने नदेखिने । (प्रकरण नं. १४) § पेश भएको लिखत नक्कल हेर्दा दाइजोको रुपैयाँबाट जग्गा खरीद गरेको भन्ने प्रष्ट हुँदैन, अप्रसङ्ग ठाउँमा दाइजोको अक्षर रहेको देखिन्छ, यसबाट सो लिखत नक्कललाई दाइजोको लिखत भन्न नमिल्ने । (प्रकरण नं. १४) § दाइजोको लिखत प्रमाण कुनै पेश गर्न नसकेको स्थितिमा सो सम्पत्ति अंशबण्डा नलाग्ने सम्पत्ति भन्न मिलेन, सो सम्पत्ति सगोलमा आर्जन गरेको सम्पत्ति भन्नु पर्ने । (प्रकरण नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3873 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2046/07/29 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४६, नि.नं. 3873 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
