नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3885 · वि.सं. २०४६
नि.नं. 3885 — उत्प्रेषणको आदेश जारी गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ जुन निकायबाट निर्णय फैसला भएको छ सो फैसलाबाट तेश्रो पक्षको हक हितमा असर पर्न गएको छ भने उक्त तेश्रो पक्षको हक हित संरक्षण गर्न सोही निकाय सक्षम हुन्छ, जिल्ला अदालतबाट फैसला भएको अवस्थामा अ.बं. ८६ नं. बमोजिम तेश्रो पक्षले जिल्ला अदालतमा फिराद दिनु पर्ने हुन्छ, जिल्ला अदालतले अ.बं. ८६ नं. अन्तर्गत विवादित फैसलामा हेरफेर बदर गर्न सक्ने । (प्रकरण नं. १२) § गाउँ पञ्चायतलाई कुलो पानी मुद्दा हेर्ने अधिकार प्रदान भएकोमा गाउँ पञ्चायतको फैसलाबाट तेश्रो पक्षको हकमा प्रतिकूल असर परेमा सोही गाउँ पञ्चायतले उक्त फैसला बदरमा अ.बं. ८६ नं. अनुसार निर्णय गर्न पाउने । (प्रकरण नं. १२) § गाउँ पञ्चायत ऐन, २०१८ को दफा ४१ ले कुलो पानी मुद्दा गाउँ पञ्चायतलाई हेर्ने अधिकार प्रदान गरी राखेकोमा त्यस्तो उजूरी लिई हेरी प्रत्यर्थी जिल्ला अदालतले निर्णय गरेको त्यस उपर परेको पुनरावेदन सुनी अञ्चल अदालत तथा क्षेत्रीय अदालतले फैसला गरेको अधिकार क्षेत्रात्मक त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १२) § आफ्नो अधिकार क्षेत्र भित्र नभएको मुद्दाको फिराद आफू समक्ष पर्न आएपछि जिल्ला अदालतले दरपीठ गरी दिनु पर्ने थियो अथवा दर्ता भइसकेपछि पनि सम्बन्धित निकायमा मिसिल पठाई दिनु पर्ने । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3885 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2046/05/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४६, नि.नं. 3885 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
