सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ २५० / ४४०

नि.नं. 4561वि.सं. २०४९संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

(१) निवेदकले हङकङमा सजायँ पाएको कसूरमा नै यहाँ पनि मुद्दा चली पूर्पक्षको लागि थुनामा रहेको हो भन्ने नदेखिनुका साथै लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा २(१) मा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा आदेश विरुद्ध हुने गरी नेपाल अधिराज्यबाट वा नेपाल अधिराज्य भित्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4560वि.सं. २०४९संयुक्त इजलास

उत्प्रेषण

(१) अदालतहरु समेतबाट जितेको भनी दर्ता गरी पाउँ भनी निवेदन दिएपछि निवेदनमा उल्लेख भएको विपक्षीहरु झिकाई जग्गाको सन्दर्भमा बुझी निजहरुको भनाई र अदालतमा मुद्दा परी अन्तिम निर्णय भएको मिसिलहरुको फैसलाहरु समेत हेरी कानुन बमोजिम निर्णय गर्नु पर्ने। (प्रकरण नं. ११) (…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4559वि.सं. २०४९संयुक्त इजलास

उत्प्रेषण मिश्रित परमादेश

(१) निवेदकलाई बर्खास्त गर्दा सफाईको मौका दिएको देखिएन । बर्खास्त गर्न खडा गरिएको पर्चामा निर्णय दिने अधिकारीले अपराधको विवेचना गरेको र सफाईको मौका दिन किन अव्यवहारिक हुने हो सो कुरा पर्चामा उल्लेख गर्नु पर्नेमा सो पनि उल्लेख गरेको देखिंदैन । निर्णयकर्ताले पर्च…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4558वि.सं. २०४९संयुक्त इजलास

मोहियानी हकको प्रमाणपत्र पाउँ

(१) गुठी जग्गाको मोहियानी भू.सु.का. ले हेर्ने अधिकार भएको पाइँदैन । गुठी (कार्य व्यवस्था) विनियमको विनियम ११, १२, १३ ले गुठी संस्थानमा नै निवेदन दिनु पर्ने व्यवस्था गरेको देखिन्छ । पुनरावेदकहरुले जोताहाको निस्सा पाउँ भन्ने माग दावी नभई मोही हकको प्रमाणप्रत्र प…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4557वि.सं. २०४९संयुक्त इजलास

उत्प्रेषण

(१) आयकर ऐन, २०३१ को दफा ३३(२) को (३) बमोजिमको कर निर्धारण हुनु पूर्व सोही ऐनको दफा ३३(४) बमोजिम खूद आय निर्धारण गर्दा कर अधिकृतले त्यसरी आय निर्धारण गर्नु परेको आधार स्पष्ट खुलाई करदातालाई लिखित सूचना दिई आफ्नो आय सम्बन्धमा केही कुरा भन्न वा सबूद प्रमाण पेश ग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4556वि.सं. २०४९संयुक्त इजलास

उत्प्रेषण

(१) आर्थिक ऐन, २०४० जारी भई राजपत्र सम्बन्धित कार्यालयमा नपुगुन्जेल सम्मको समय शून्यको स्थिति रहन सक्दैन । बिक्री कर सामान खरीद कर्ताबाट उठाइने कर हो । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4555वि.सं. २०४९संयुक्त इजलास

उत्प्रेषण

(१) सोही मुद्दामा उसै झगडियाका नाउँमा अ.बं. ८५ नं.ले फिराद नलाग्ने हो । सोही मुद्दाको बस्तुस्थिति एवं दावी र यो मुद्दाको वस्तुस्थिति र दावी एकै हुनुपर्छ । अघिल्लो मुद्दाको विवादको विषय तथा निर्कोल गरिनु पर्ने कुरा र पछिल्लो मुद्दाको विवादको विषयवस्तु र निर्कोल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4554वि.सं. २०४९संयुक्त इजलास

लिखत बदर

(१) वादी र प्रतिवादी एकाघर सगोलमा रहे भएको अवस्थामा खरीद भएको विवादित जग्गा प्रमाण ऐन, २०३१ को दफा ६(क) बमोजिम सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्नु पर्ने स्थिति हुँदा सगोलको अवस्थामा खरीद भएको भनी प्रमाण पुर्‍याउने भार वादी उपर थोपार्दा सो प्रमाण ऐनको द…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4553वि.सं. २०४९संयुक्त इजलास

जीऊ मास्ने बेच्ने

(१) जीऊ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४(ख) को कसूर हुनको लागि मानिसलाई विदेशमा लग्नु मात्र पर्याप्त हुँदैन, बेचबिखन गर्ने उदेश्यले लगेको भन्ने पनि देखिनु अनिवार्य हुने । (प्रकरण नं. २३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4552वि.सं. २०४९संयुक्त इजलास

उत्प्रेषण मिश्रित परमादेश

(१) करदाताले पेश गरेको आय विवरणलाई अमान्य गरी कर कार्यालयबाट नै कर निर्धारणको प्रयोजनार्थ उद्योगको खुद आय कायम गर्दा आयकर ऐन, २०३१ को दफा ३३(२) ले विभिन्न कानुनी अवस्थाको उल्लेख गरी दिएको देखिन्छ । जुन आधारहरु कर कार्यालयले उद्योगको हकमा खुद आय कायम गर्दा परिप…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4551वि.सं. २०४९संयुक्त इजलास

लेनदेन

(१) कानुन बमोजिम तयार नभएको लिखतको औचित्य भित्र प्रवेश गरी रहनु न्यायिक दृष्टिबाट मिल्ने नहुँदा वादी दावी नै खारेज हुने । (प्रकरण नं. २०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4550वि.सं. २०४९पूर्ण इजलास

लिखत दर्ता बदर

(१) साक्षी हुनु र कारणी हुनुमा तात्वीक अन्तर पर्दछ । साक्षीको हैसियत अर्काले गरेको व्यवहारको प्रमाणित गर्छ भने कारणीको हैसियत व्यवहारको दर्ता बन्नु हो । साक्षीको योग्यता र कारणीको योग्यता पनि पृथक पृथक छन् । तसर्थ घरको मुख्य व्यक्ति साक्षी सम्म बसी गरेको व्यवह…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4549वि.सं. २०४९पूर्ण इजलास

सुनको गहना निखनाई पाउँ

(१) नासो वा धरौट राख्दा नगद सुन चाँदी जुहारात र दुईसय रुपैयाँ देखि बढी मोल जाने अरु माल नासो वा धरौट राख्दा रसीद भर्पाई गराउनु पर्ने बाध्यता ऐनले गराएको पाइने । (प्रकरण नं. १७) (२) नासो धरौट कायम हुनलाई कुनै धन माल बालगिरी दिएको वा बिक्री गर्न वा बन्धक राख्नको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4548वि.सं. २०४९संयुक्त इजलास

जीउ मास्ने बेच्ने

(१) ज्यू मास्ने बेच्नेको १ नं.मा कसैले कुनै मानिसलाई बिक्री गर्ने उद्देश्यले ललाई फकाई नेपाल सरहद बाहिर लैजान वा लगी बिक्री गर्नु हुँदैन भन्ने व्यवस्था पाइन्छ । यहाँ बिक्री गर्ने उद्देश्यले नेपाल सरहद बाहिर लगी बिक्री गर्ने कार्य नै मुख्य निषेधित कार्य रहेको छ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4547वि.सं. २०४९संयुक्त इजलास

अदालतको अपहेलनामा कारवाही गरिपाउँ

(१) सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेश तत्कालीन अंचलाधीशको कार्यालयका नाउँमा मात्र भएको र सो कार्यालय यस मुद्दामा विपक्षी समेत नरहेको साथै अंचलाधीशको कार्यालय खारेज भइसकेको स्थितिमा जसका नाउँमा अन्तरिम आदेश भएको हो सो कार्यालय बाहेकका अन्य व्यक्ति वा निक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4546वि.सं. २०४९संयुक्त इजलास

उत्प्रेषण

(१) नसियत दिन पाउने अधिकार निवेदकलाई भएको निवेदकले आफ्नो कार्यमा कर्मचारीको सुधारको लागि नसियत दिने लगायतका अधिकार प्रयोग गरेकोमा स्पष्ट रुपमा कानुनको उल्लंघन भएको अवस्थामा बाहेक करारका कर्मचारीसंग माग गरिएको स्पष्टीकरण बदर गर्ने गरेको कानुनसंगत नहुँदा निर्णय…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4545वि.सं. २०४९संयुक्त इजलास

लागू औषध (हेरोइन)

(१) शंकारहित स्वतन्त्र प्रमाणबाट पुष्टि हुन नआएको सहअभियुक्तको पोलको आधारमा आरोपित कसूर गरेको मान्न नसकिने । (प्रकरण नं. १९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4544वि.सं. २०४९संयुक्त इजलास

उत्प्रेषण

(१) यस अदालतको असाधाराण अधिकार क्षेत्रको सुरक्षणको माग गर्न आउँदा पक्षहरुले सफा हात आउनु पर्ने । (प्रकरण नं. १७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4543वि.सं. २०४९संयुक्त इजलास

लागू औषध

(१) लागू औषध सम्बन्धी मुद्दा सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को अनुसूची १ मा पर्ने श्री ५ को सरकार वादी भएको र अनुसन्धान कारवाहीको सिलसिलामा अभियुक्तहरुलाई पक्राउ गर्न सक्ने सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ ले समेत व्यवस्था गरेकोले औषध नियन्त्रण अधिकारीले अभियु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4542वि.सं. २०४९संयुक्त इजलास

उत्प्रेषण

(१) रिट निवेदन दावी बमोजिम जुन निकाय वा अधिकारीबाट विवादास्पद कागज गराइयो भनिएको छ सो निकाय वा अधिकारीबाटै त्यस्तो कागज गरे गराएको छैन भनी सो कागजको अस्तित्वलाई नै खण्डन गरेको स्थितिमा रिटनिवेदन माग बमोजिमको आदेश जारी गरी रहनु नपर्ने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4541वि.सं. २०४९संयुक्त इजलास

उप्रेषणसमेत

(१) परमादेश निर्देशित कुरा हो । (प्रकरण नं. २०) (२) जे जति विषय उठाई परमादेश जारी भएको छ सोही नै अनुरुप गर्नु पर्ने विपक्षीहरुको कर्तव्य हो । (प्रकरण नं. २०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4540वि.सं. २०४९संयुक्त इजलास

कर्तव्य ज्यान

(१) को कस्को कर्तव्यबाट कुन ठाउँमा के कसरी मृतकको मृत्यु भएको हो भन्ने कुरा कसैले व्यक्त गर्न नसकेको अवस्थामा प्रतिवादीले गरेको बयानलाई मात्र प्रतिवादीहरु विरुद्ध आरोपित कसूर स्थापित गर्ने प्रमाण मान्न सकिने अवस्था नदेखिने । (प्रकरण नं. २६) (२) प्रतिवादीहरु कस…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4539वि.सं. २०४९संयुक्त इजलास

लागू औषध हेरोइन बिक्री वितरण

(१) अदालत समक्ष बिना आधार प्रतिवादीहरुले प्रहरीको बयानलाई स्वेच्छा विरुद्धको भन्दैमा अदालतले उक्त भनाईलाई मात्र आधार मानी प्रमाणको रुपमा मान्न इन्कार गर्ने हो भने अनुसन्धानको क्रममा प्रतिवादीहरुको कागज गराउने कानुनी व्यवस्थाको कुनै औचित्य नै नरहने। (प्रकरण नं.…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4538वि.सं. २०४९संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

(१) निर्णय वनक्षेत्र सद्दृढीकरण उच्चस्तरीय आयोगको अध्यक्षको हैसियतले गरेको निर्णय नभई आयोगको हैसियतले गरेको निर्णय देखिएकोमा उक्त आयोगका सम्पूर्ण सदस्यहरु उपस्थित नभई दुईजनाको उपस्थिति र एकजना अनुपस्थिति जनाएको देखियो । यसरी आयोगका सम्पूर्ण सदस्यहरुको उपस्थिति…

नजिर सार पढ्नुहोस् →