नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4557 · वि.सं. २०४९
नि.नं. 4557 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) आयकर ऐन, २०३१ को दफा ३३(२) को (३) बमोजिमको कर निर्धारण हुनु पूर्व सोही ऐनको दफा ३३(४) बमोजिम खूद आय निर्धारण गर्दा कर अधिकृतले त्यसरी आय निर्धारण गर्नु परेको आधार स्पष्ट खुलाई करदातालाई लिखित सूचना दिई आफ्नो आय सम्बन्धमा केही कुरा भन्न वा सबूद प्रमाण पेश गर्न सात दिनको म्याद दिनु पर्ने । (प्रकरण नं. ८) (२) कर कार्यालयबाट आयकर ऐनको दफा ३३(४) बमोजिमको सूचना भन्ने उल्लेख गरिनु मात्र पर्याप्त हुँदैन खूद आयको अंक एवं सो अंक कायम हुने समेत उल्लेख हुनु पर्ने । (प्रकरण नं. ८) (३) आयकर नियमावली, २०३९ अनुसार ४० हजार भन्दा बढी आय हुने करदाताको सम्बन्धमा कर निर्धारण गर्दा उक्त नियमावलीको नियम २६ बमोजिम गठित निर्धारण समितिमा पेश गर्नु पर्ने । (प्रकरण नं. ९) (४) कर कार्यालयबाट कर निर्धारण गरिंदा आयकर नियमावली, २०३९ बमोजिम गठित समितिमा पेश नै नगरी कर अधिकृतबाट निर्णय गरिएको नियम अनुरुप मिलेको नदेखिने । (प्रकरण नं. ९) (५) रिट निवेदकको उद्योगको सम्बन्धमा आयकर ऐन, २०३१ को दफा ३३(४) बमोजिम रीतपूर्वकको सूचना निवेदकलाई दिएको देखिएन । आयकर नियमावली, २०३९ को नियम २७ बमोजिम आयकर निर्धारण समितिमा पेश नै नगरी कर अधिकृतबाट कर निर्धारण गरिएको पनि त्रुटिपूर्ण देखिँदा कर कार्यालयको कर निर्धारण आदेश र सोही सदर गरेको राजश्व न्यायाधीकरणको फैसला समेत त्रुटिपूर्ण देखिँदा उत्प्रेषण आदेशले बदर हुने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4557 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2049/06/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४९, नि.नं. 4557 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
