नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4550 · वि.सं. २०४९

नि.नं. 4550 — लिखत दर्ता बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) साक्षी हुनु र कारणी हुनुमा तात्वीक अन्तर पर्दछ । साक्षीको हैसियत अर्काले गरेको व्यवहारको प्रमाणित गर्छ भने कारणीको हैसियत व्यवहारको दर्ता बन्नु हो । साक्षीको योग्यता र कारणीको योग्यता पनि पृथक पृथक छन् । तसर्थ घरको मुख्य व्यक्ति साक्षी सम्म बसी गरेको व्यवहारलाई लेनदेन व्यवहारको ८ नं.अन्तर्गत कारणीले गरेको मान्न नमिल्ने । (प्रकरण १३) (२) अंशबण्डाको १९ नं.को प्रयोग छोरा वा स्वास्नी हुने अर्थात बाबुको हकमा प्रयोग हुने हो बाबु बाहेकका घरको मुख्यलाई अंशबण्डाको १९ नं.नलाग्ने । अंशबण्डाको १९ नं.मा पनि बाबु स्वयं नै कारणी भएर व्यवहार गरेको हुनु पर्ने प्रस्तुत मुद्दामा त्यस्तो अवस्था विद्यमान नहुँदा अंशबण्डाको १९ नं.नलाग्ने । (प्रकरण १३) (३) लेनदेन व्यवहारको १० नं.अनुसार सगोलमा रहेको अंशीयार साक्षी नराखी निजको मन्जूरीको लिखत समेत नगराई, गराई लिएको रजिष्ट्रेशन पारित भएको भनेको राजीनामा लिखत मध्ये वादीको हक भाग पनि निजको मन्जूरी बेगर लिखत गरी लिएको कानुनसंगत नदेखिने । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4550
मुद्दाको विषयलिखत दर्ता बदर
निर्णय वर्ष / मिति2049/04/27
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह | माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल
उद्धरण सन्दर्भने.का.प. २०४९, नि.नं. 4550
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्