नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4552 · वि.सं. २०४९

नि.नं. 4552 — उत्प्रेषण मिश्रित परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) करदाताले पेश गरेको आय विवरणलाई अमान्य गरी कर कार्यालयबाट नै कर निर्धारणको प्रयोजनार्थ उद्योगको खुद आय कायम गर्दा आयकर ऐन, २०३१ को दफा ३३(२) ले विभिन्न कानुनी अवस्थाको उल्लेख गरी दिएको देखिन्छ । जुन आधारहरु कर कार्यालयले उद्योगको हकमा खुद आय कायम गर्दा परिपालना गर्नु पर्ने । (प्रकरण नं. १६) (२) निवेदक उद्योगबाट दाखेला हुन आएको आय विवरण कानुन बमोजिम छ छैन हेरी परीक्षण गरी गराई सो को आधारमा कानुन बमोजिम देखिन नआएको खण्डमा मात्र दाखेला भएको आय विवरण अमान्य ठहर गरी रीतपूर्वक आय निर्धारण गरी कर तोकी दिनु पर्ने । (प्रकरण नं. १८) (३) करदाताले पेश दाखेला गरेको आय विवरण कानुनी रुपबाट अमान्य घोषित नगरी कर कार्यालयले आयकर ऐन, २०३१ को दफा ३३(२) अनुसार निर्धारण गरेको आयले उल्लेखित आधारबाट मान्यता प्राप्त गर्न सक्छ नै भन्न कानुनसंगत नहुने । (प्रकरण नं. १८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4552
मुद्दाको विषयउत्प्रेषण मिश्रित परमादेश
निर्णय वर्ष / मिति2049/05/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०४९, नि.नं. 4552
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्