नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4558 · वि.सं. २०४९
नि.नं. 4558 — मोहियानी हकको प्रमाणपत्र पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) गुठी जग्गाको मोहियानी भू.सु.का. ले हेर्ने अधिकार भएको पाइँदैन । गुठी (कार्य व्यवस्था) विनियमको विनियम ११, १२, १३ ले गुठी संस्थानमा नै निवेदन दिनु पर्ने व्यवस्था गरेको देखिन्छ । पुनरावेदकहरुले जोताहाको निस्सा पाउँ भन्ने माग दावी नभई मोही हकको प्रमाणप्रत्र पाउँ भनेको मोहियानी हक सम्बन्धमा हेर्ने भू.सु.अ.को अधिकार क्षेत्र भित्र परेको नपाइने । (प्रकरण नं. २१) (२) भू.सु.का. ले गुठी जग्गाको मोहियानी तेरो मेरो परेको मुद्दामा मोही ठहर गरी प्रमाणपत्र दिने ठहर्याएको बदर गर्ने गरेको अंचल अदालतको इन्साफ सदर गरेको क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. २२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4558 |
|---|---|
| मुद्दाको विषय | मोहियानी हकको प्रमाणपत्र पाउँ |
| निर्णय वर्ष / मिति | 2049/05/31 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४९, नि.नं. 4558 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
