नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4555 · वि.सं. २०४९
नि.नं. 4555 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) सोही मुद्दामा उसै झगडियाका नाउँमा अ.बं. ८५ नं.ले फिराद नलाग्ने हो । सोही मुद्दाको बस्तुस्थिति एवं दावी र यो मुद्दाको वस्तुस्थिति र दावी एकै हुनुपर्छ । अघिल्लो मुद्दाको विवादको विषय तथा निर्कोल गरिनु पर्ने कुरा र पछिल्लो मुद्दाको विवादको विषयवस्तु र निर्कोल गर्नुपर्ने कुरा एउटै हुनु पर्ने । (प्रकरण नं. २०) (२) वादी दावीको कुरामा प्रतिवादीले पृथक कुराको जिकिर लिएबाट वादी र प्रतिवादी बीच मुख नमिलेको कुरामा र सो मुद्दामा संलग्न वादी प्रतिवादी अथवा निजहरुको हकमा सोही मुख नमिलेको कुरामा आउने जोसुकै व्यक्तिका सम्बन्धमा अघि फैसला भइसकेको स्थितिमा प्राड्डन्यायको सिद्धान्त लाग्ने । (प्रकरण नं. २१) (३) रिट निवेदक र विपक्षको बीच अघि हक कायम मुद्दा चली हक कायम भएकोमा पछि सो सम्पत्ति भोगै गर्न नदिई खिचोला गरेको अवस्थामा सो खिचोला मेटाई भोगचलन गराई पाउन मुद्दै गर्न नपाइने भनी न्याय वा कानुनको कुनै सिद्धान्त रहेको देखिँदैन । तसर्थ प्राड्डन्यायको सिद्धान्त विरुद्ध क्षे.अ.बाट फैसला भएको छ भन्ने विद्वान अधिवक्ताको बहससंग सहमत हुन नमिल्ने । (प्रकरण नं. २१)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4555 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2049/05/31 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४९, नि.नं. 4555 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
