नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4554 · वि.सं. २०४९
नि.नं. 4554 — लिखत बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) वादी र प्रतिवादी एकाघर सगोलमा रहे भएको अवस्थामा खरीद भएको विवादित जग्गा प्रमाण ऐन, २०३१ को दफा ६(क) बमोजिम सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्नु पर्ने स्थिति हुँदा सगोलको अवस्थामा खरीद भएको भनी प्रमाण पुर्याउने भार वादी उपर थोपार्दा सो प्रमाण ऐनको दफा ६(क) को कानुनी व्यवस्थाको विपरीत हुने । (प्रकरण २४) (२) प्रमाण ऐन, २०३१ को दफा २९ मा अदालतले यस ऐन बमोजिम अनुमान गरेको कुनै कुरा कुनै पक्षले खण्डन गर्न चाहेमा त्यस्को प्रमाण पुर्याउने भार सोही पक्षको हुनेछ भन्ने लेखिएको पाइन्छ । विवादको सम्पत्ति वादी समेतको अंश हक लाग्ने सगोलको सम्पत्ति हो भनी प्रमाण ऐन, ०३१ को दफा ६(क) बमोजिम अदालतले अनुमान गर्नु पर्ने भएकोमा सो वादी समेतको अंश हक लाग्ने सगोलको होइन प्रतिवादीको निजी एकलौटी स्वआर्जनको हो भनी जिकिर लिने प्रतिवादीले सो कुराको प्रमाण पुर्याउनु पर्ने । (प्रकरण नं. २६) (३) सगोलको अवस्थामा खरीद भएको जग्गा आफ्नो नाउँमा खरीद गर्दैमा जग्गा स्वआर्जनबाट खरीद गरेको निजी एकलौटी भन्न नमिल्ने । (प्रकरण नं. २६) (४) स्वआर्जनबाट खरीद भएको एकलौटी निजीको पक्का प्रमाणको अभावमा विवादको जग्गा प्रतिवादीको एकलौटी हकको भन्न नमिल्ने । (प्रकरण नं. २७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4554 |
|---|---|
| मुद्दाको विषय | लिखत बदर |
| निर्णय वर्ष / मिति | 2049/04/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४९, नि.नं. 4554 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
